महेश सिंह महतो , १३ श्रावण , सिरहा – सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा एकै परिवारको तिन बालबालिकाको मृत्यु भएको छ । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु का छन् । गाई बस्तुलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएका छन ।
स्थानीय विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएका हुन । दुवै दाजुबहिनी घरबाट खेल्न गएको बखत आइतबार बेलुका अबेर सम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एम प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।
घटनाबारे थप खोजी निति भइरहेको छ । सिरहा न .पा. –३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको जान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका हुन ।
खाल्डोमा डुबेको बेला स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल माडरमा लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताउनु भयो ।