आरोहण शाह ,वीरगञ्ज, १२ साउन ः वीरगञ्जमा आयोजित आज पत्रकार सम्मेलनमा बोल्दै नेता भूषाले लोकतान्त्रिक आन्दोलनको इतिहासमा धेरै शक्तिहरु भएपनि अहिलेको अवस्था जनतासँग गरिएका वाचाहरु पूरा गरेर समाजवादतर्फ जान वर्तमान सरकारको विकल्प नरहेको दावी गर्नुभएको हो ।
अहिलेको सरकारसँग महत्वपूर्ण जिम्मेवारी रहेकोले लोकतान्त्रिक ईतिहासका लागि अरु जुनसुकै पार्टी भएपनि अहिले मुलुकमा अर्को कुनै शक्ति लायक नभएको नेता भूषालको जिकिर रहेको थियो । नेकपाको एकताको विषयमा १५ महिना लामो समय अनपेक्षित रहेको भन्दै शासकीय स्थिरताका लागि भने जुटिरहेको उनले बताए ।
पार्टीमा स्कुल विभागलाई लिएर चलिरहेको विवादलाई आवश्यकता भन्दा बढी बाहिर ल्याएको उहाँले बताउनुभयो । पूर्व एमाले र पूर्व नकेपा माओवादी केन्द्रको एकताको भावना अनुसार सबैलाई स्वीकार हुने गरी भागमा पर्नेले स्कुल विभागको प्रमुख जिम्मेवारी पाउनुपर्ने जानकारी गराउनु भयो ।
तत्कालिन एमालेको भागमा परे आफु यसमा आशावादी रहेको बताउँदै एमालेको तर्फबाट नवौं महाधिवेशनबाट नै आपूmले विभागमा दावी गर्दै आएको समेत जानकारी गराउनु भयो ।
प्रेस संगठन पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार पत्रकार सम्मेलनमा नेकपा केन्द्रिय कमिटी सदस्य नागेन्द्र चौधरी, पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो ।