प्रमोद सहनी रौतहट १० साउन । रौतहठको गरुडा नगरपालिका वडा नं २ अवस्थित गेडही गुठीमा आज नेपाल भारत मैत्री समाजको संयोजनमा यस वडाका वडा अध्यक्ष बिशुन्देव सहनी द्वारा शुक्रबार राहत वितरण गरिएको छ।
गरुडा नगरपालिका वडा नं २ मा नेपाल भारत मैत्री समाज र गरुडा नगरपालिका वडा नं २ मा संयुक्त रुपमा राहत वितरण गरिएको छ।
विगत लामो समयदेखि अविरल वर्षाका कारण गेडही गुठीमा अनुगमन गर्दा गेडही गुठीका व्यक्तिहरुलाई ठूलै क्षति भएको हुनाले गेडही गुठीका वडा अध्यक्ष बिशुन्देब सहनी सो वडाका वडा सदस्य दिनेश ठाकुर साथै गेडही गुठीको श्री मा. वि. स्कूलका व्यबस्थापक समितिका अध्यक्ष हरिलाल सहनी र समाज सेवी नेता रामवीर सहनी,राष्ट्रीय कलाकार गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया समेतको लगायत उपस्थित रहेको थियो।
लगभग ५० जनालाई गेडही गुठीमा आज राहत वितरण गरीएको जानकारी प्राप्त भएकोछ ।