महोत्तरी,बर्दिवास । प्रदेश २ को मध्यविन्दु बनाएर बर्दिवासमा १ वर्षअघि गठन गरिएको रोटरी क्लबको अध्यक्षमा बर्दिवासका शम्भु प्रसाद भट्टराई अध्यक्ष भएका छन् ।
विश्वको २ सय ७ वटा देशमा शाखा रहेको रोटरी क्लबको प्रत्येक १ वर्षमा क्लबका अध्यक्षको कार्याकाल सकिने भएको हुदा“ बुधबार बर्दिवासको गौतम होटलमा आयोजित एक समारोहका विच दोश्रो कार्यकालका लागि भट्टराई अध्यक्षमा चयन भएका हुन ।
सामाजिक काम गर्दै विश्वमा ख्याति कमाएको क्लबले प्रदेश नं २ भित्र पनि एक वर्षमा जनतालाई रौतहट जिल्लामा पुगेर राहात वितरण गर्नेदेखि अन्य सामाजिक काम गरेको एक वर्षे कार्यकालका अध्यक्ष सुरेश राउतले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य सारदादेवी थापाले महोत्तरी र प्रदेश २ का धेरै जिल्लामा प्राकृतिक विपद्बाट समाजमा लागेका घाउहरुमा मलम लगाउन क्लबले काम गर्ने विश्वास व्यक्त गरिन् ।
रोटरी क्लब सामाजिक काम गर्ने संस्था भएकालले समाजका सामान्य तथा जटिल समस्याहरुमा जनताको साथि बनिदिएर रोटरी क्लबलाई सबैको प्रिय बनाउन पनि थापाले सुझाव दिईन् ।
कार्यक्रममा रोटरी क्लब नेपालका डिजि ईलेक्ट राजिब पोखरेलले बर्दिवासमा गठन भएको क्लब प्रदेश २ कै नमुना क्लब बन्न सक्ने आशा व्यक्त गरे ।
विश्वमा गरेका सामाजिक कामको राम्रो प्रभाव परेकै कारण क्लब एउटा उचाईमा रहेको बताउदै पोखरेलले बर्दिवास बाट पनि विपद्पछि आएको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने गरि प्रभावकारी कामगर्न क्लबलाइनिर्देशन दिएका छन् ।
अहिले सामाजिक काम सामाजिक संजालका निमित्त मात्रै गरेजस्तो देखिन थालेको बताउदै उनले ब्यानर लगाएर फोटो खिच्दैमा सामाजिक काम नहुने भन्दै दिगो प्रभावकारीतामा ध्यान दिन क्लबलाइ उनले सुझाव दिए ।
आगामि दिनमा बर्दिवास देखि पुर्व सप्तरी र पश्चिममा रौतहटसम्म पुगेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा यस संस्थाले का मगर्ने लक्ष्य लिएको क्लबका सेक्रेटरी दिपेन्द्र पराजुलीले बताए ।
क्लबका अध्यक्ष सम्भु प्रसाद भट्टराई, इलेक्ट प्रेसिडेन्ट हिरालाल गौतम,प्रेसिडेन्ट नोमिनि विष्णु बहादुर खड्का, भाइस प्रेसिडेन्ट विजय महतो, सेक्रेटरी दिपेन्द्र पराजुली, दिपक कार्कि,इन्द्र नारायण सिलवाल, विष्णु राज पुरी, विनोद भण्डारी,राधेश्याम झा, नवराज घिमिरे लगायतलाई विजय झुनझुनवालाले एक वर्षे कार्यकालका लागि सपथ खुवाएका थिए ।