• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रोटरी क्लब बर्दिवासको अध्यक्षमा भट्टराई

नेपाल पोस्ट दैनिक
    July 26, 2019  मा प्रकाशित

Spread the love
      

महोत्तरी,बर्दिवास । प्रदेश २ को मध्यविन्दु बनाएर बर्दिवासमा १ वर्षअघि गठन गरिएको रोटरी क्लबको अध्यक्षमा बर्दिवासका शम्भु प्रसाद भट्टराई अध्यक्ष भएका छन् ।

विश्वको २ सय ७ वटा देशमा शाखा रहेको रोटरी क्लबको प्रत्येक १ वर्षमा क्लबका अध्यक्षको कार्याकाल सकिने भएको हुदा“ बुधबार बर्दिवासको गौतम होटलमा आयोजित एक समारोहका विच दोश्रो कार्यकालका लागि भट्टराई अध्यक्षमा चयन भएका हुन ।

सामाजिक काम गर्दै विश्वमा ख्याति कमाएको क्लबले प्रदेश नं २ भित्र पनि एक वर्षमा जनतालाई रौतहट जिल्लामा पुगेर राहात वितरण गर्नेदेखि अन्य सामाजिक काम गरेको एक वर्षे कार्यकालका अध्यक्ष सुरेश राउतले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सारदादेवी थापाले महोत्तरी र प्रदेश २ का धेरै जिल्लामा प्राकृतिक विपद्बाट समाजमा लागेका घाउहरुमा मलम लगाउन क्लबले काम गर्ने विश्वास व्यक्त गरिन् ।

रोटरी क्लब सामाजिक काम गर्ने संस्था भएकालले समाजका सामान्य तथा जटिल समस्याहरुमा जनताको साथि बनिदिएर रोटरी क्लबलाई सबैको प्रिय बनाउन पनि थापाले सुझाव दिईन् ।

कार्यक्रममा रोटरी क्लब नेपालका डिजि ईलेक्ट राजिब पोखरेलले बर्दिवासमा गठन भएको क्लब प्रदेश २ कै नमुना क्लब बन्न सक्ने आशा व्यक्त गरे ।

विश्वमा गरेका सामाजिक कामको राम्रो प्रभाव परेकै कारण क्लब एउटा उचाईमा रहेको बताउदै पोखरेलले बर्दिवास बाट पनि विपद्पछि आएको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने गरि प्रभावकारी कामगर्न क्लबलाइनिर्देशन दिएका छन् ।

अहिले सामाजिक काम सामाजिक संजालका निमित्त मात्रै गरेजस्तो देखिन थालेको बताउदै उनले ब्यानर लगाएर फोटो खिच्दैमा सामाजिक काम नहुने भन्दै दिगो प्रभावकारीतामा ध्यान दिन क्लबलाइ उनले सुझाव दिए ।

आगामि दिनमा बर्दिवास देखि पुर्व सप्तरी र पश्चिममा रौतहटसम्म पुगेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा यस संस्थाले का मगर्ने लक्ष्य लिएको क्लबका सेक्रेटरी दिपेन्द्र पराजुलीले बताए ।

क्लबका अध्यक्ष सम्भु प्रसाद भट्टराई, इलेक्ट प्रेसिडेन्ट हिरालाल गौतम,प्रेसिडेन्ट नोमिनि विष्णु बहादुर खड्का, भाइस प्रेसिडेन्ट विजय महतो, सेक्रेटरी दिपेन्द्र पराजुली, दिपक कार्कि,इन्द्र नारायण सिलवाल, विष्णु राज पुरी, विनोद भण्डारी,राधेश्याम झा, नवराज घिमिरे लगायतलाई विजय झुनझुनवालाले एक वर्षे कार्यकालका लागि सपथ खुवाएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑