प्रदेश २ · समाचार

महोत्तरी प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट, ३१ वटा ड्रम जफत

 धर्वेन्द्र कुमार यादव,महोत्तरी महोत्तरी प्रहरीले विभिन्न स्थान सञ्चालित अवैध मदिरा भठ्ठी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रामगोपालपुरले औरही र रामगोपलपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा सञ्चालित तीन वटा अवैध मदिरा भठ्ठी नष्ट गरिदिएका हुन् ।
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र ३१ थान ड्रम समेत जफत गरेको बताइएको छ । ईप्रका रामगोपालपुरका प्रनानिको कमाण्डमा खटिएका प्रहरी टोलीले औरही नपा ९ लड्का टोलमा भोरिल तामाङ्गले घरमै सञ्चालन गरेका मदिरा भठ्ठी नष्ट गरेको छ ।
उनको घरबाट चार सय लिटर कच्चा पदार्थ, तीन थान ड्रम र एउटा मेसिन बरामद भएको प्रहरीले जनाए । प्रहरीले भवानीगञ्जको बाँसघारीमा सञ्चालित प्रदिप तामाङ्गको भठ्ठी नष्ट गरिएको र १६ सय लिटर कच्चा पदार्थ, १८ थान ड्रम र एक थान मेसिन बरामद गरेको छ ।
सैगरी, रामगोपालपुर वडा नं. ६ विश्वम्बरपुर बस्ने सत्यनारायण रायले सञ्चालन गरेको अवैध मदिरा भठ्ठी गरेको छ । उनको भठ्ठीबाट ५० लिटर कच्चा पदार्थ, १० थान ड्रम र एक थान मेसिन रहेको ईप्रका रामगोपालपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।