महोत्तरी प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट, ३१ वटा ड्रम जफत :: Nepal Post Dainikमहोत्तरी प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट, ३१ वटा ड्रम जफत | Nepal Post Dainik
महोत्तरी प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट, ३१ वटा ड्रम जफत
नेपाल पोस्ट दैनिक
July 24, 2019
मा प्रकाशित
धर्वेन्द्र कुमार यादव,महोत्तरी महोत्तरी प्रहरीले विभिन्न स्थान सञ्चालित अवैध मदिरा भठ्ठी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रामगोपालपुरले औरही र रामगोपलपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा सञ्चालित तीन वटा अवैध मदिरा भठ्ठी नष्ट गरिदिएका हुन् ।
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र ३१ थान ड्रम समेत जफत गरेको बताइएको छ । ईप्रका रामगोपालपुरका प्रनानिको कमाण्डमा खटिएका प्रहरी टोलीले औरही नपा ९ लड्का टोलमा भोरिल तामाङ्गले घरमै सञ्चालन गरेका मदिरा भठ्ठी नष्ट गरेको छ ।
उनको घरबाट चार सय लिटर कच्चा पदार्थ, तीन थान ड्रम र एउटा मेसिन बरामद भएको प्रहरीले जनाए । प्रहरीले भवानीगञ्जको बाँसघारीमा सञ्चालित प्रदिप तामाङ्गको भठ्ठी नष्ट गरिएको र १६ सय लिटर कच्चा पदार्थ, १८ थान ड्रम र एक थान मेसिन बरामद गरेको छ ।
सैगरी, रामगोपालपुर वडा नं. ६ विश्वम्बरपुर बस्ने सत्यनारायण रायले सञ्चालन गरेको अवैध मदिरा भठ्ठी गरेको छ । उनको भठ्ठीबाट ५० लिटर कच्चा पदार्थ, १० थान ड्रम र एक थान मेसिन रहेको ईप्रका रामगोपालपुरले जनाएको छ ।