शम्भु चौधरी लहान ६ साउन । सप्तरीमा चटायाङ्गं ं लागी मंगलबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
करीब १० बजेको समयमा खेतमा हलो जोति रहेको बेला सो चटायांङ्गं लागेको हो ।
चटायांङ्गं लागी मृत्यु हुनेमा सुरुगा नगरपालिका वडा नम्बर ३ दौलतपुर करहरवा काा अन्दाजी वर्ष ६० का हरीहर प्रसाद चौधरी ( बौका ) रहेको छ ।
त्यही छेउमा धानको बिउ उखेलि रहेकी अन्दाजी वर्ष ५० की (नाम उल्लेख नभएको) गमिभर घाईते भएकी छिन । घाईतेलाई सप्तऋषि अस्पताल लहानमा उपचार भई रहेको त्याहाका स्थानिय दुलि अटल गजराजले जानकारी दिएका छन ।
यता मृतक चौधरीको शवलाई पोस्टमार्डमका लागी राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखिएको स्थानिय गजराजले बताएका छन ।