शरद शर्मा मजगैया,दाङ साउन ५ दाङमा गत आर्थिक बर्षमा १ सय ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा २ सय ५१ वटा सवारी साधन दुर्घटना हुदा १ सय ४ जनाको ज्यान गएको हो भने २ सय ३३ जना गम्भिर घाईते भएका छन् । १ सय ९० जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०७४÷७५ मा २ सय २४ वटा सवारी दुर्घटना हुदा ७९ जना र आर्थिक बर्ष २०७३÷७४ मा १ सय ७२ वटा सवारीका साधन दुर्घटना हुदा दाङमा ७७ जनाको ज्यान गएको थियो ।
आर्थिक बर्ष २०७५÷७६ को एक बर्षको अवधिमा ६७ जना पुरुष, १९ जना महिला, ७ बालक र २ जना बालिकाको सवारी दुर्घटनामा परि ज्यान गएको उक्त कार्यालयले जनाएको छ । ती दुर्घटनामा २२ जना चालकको ज्यान भएको छ ।
तिब्र गतिमा गुडेका सवारी साधन अनियन्त्रीत भई ६७ वटा,चालकको लापर्वाहीले १८, मादक पदार्थ सेवन गरी ५, यान्त्रिक गडबढीले ५,यात्रुको गल्ती र सडकको अबस्थाका कारण ३÷३ वटा सवारीका साधन दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
