Breaking News · प्रदेश १

झापामा बाढीले बगाएर बेपत्ता भएका बालक मृत फेला

ईटहरी ,नविन दहाल  श्रावण ०३ गते । झापाको बाह्रदशी गाउँपालिका(३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् ।

असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो ।

खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।