प्रदेश २ · समाचार

मिर्चैया नगरपालीकाका भित्र भएको जन धनको क्षतीलाई लिएर मेयर यादवलाई ज्ञापन पत्र

सिरहा, श्रावण ३ गते । सिरहामा केही दिन यता अविरल वर्षले मिर्चैया नगरपालीकाका भित्र भएको जन धनको क्षती लगायत वाटो घाटोको विनाशले नगरपालीका भित्रको जन जिवन कष्टकर वनेको छ केही वडाहरुको सम्वन्ध विच्छेद जस्तै भएको छ यी सवै समस्याहरुको अवगत गराउँदै मिर्चैया स्थित शान्ति युवा क्लव र गणेश युवा कल्वका युवाहरुले संयुक्त रुपमा मेयर श्रवणकुमार यादवलाई ज्ञापन पत्र वुझाउँदै ध्यानकर्षण गराएको छ ।

यसै सन्दर्भमा मेयर यादवले मेरो पनि चाहना जनताको मनछुने कार्य गर्ने रहेको त्यसमा तपाँइहरुले पनि सहयोग गर्नु पर्छ ज्ञापन पत्र मात्र वुझाएर हुँदैन भन्दै मिर्चैयाको विकाश चँडैहुने वताउनु हुँदै राहतको कार्यक्रमपनि अगाडी वढीसकेको छ मृतक परिवारहरुलाई क्रिया खर्च दिइएको छ र विस्तारै लगत संकलन गरी अरुकार्यक्रम अगाडी वढनेछ ।

ज्ञापन पत्र वुझाउने क्रममा युवा नेता प्रभात सिंह ले ज्ञापन पत्रवुझाउनु पर्ने कारण वारे खुलाउनु भएको थियो त्यस्तै शान्ति युवा क्लवका अध्यक्ष रामनारायण साह र गणेश समाज सेवा अध्यक्ष रिपेन्द्र ढुङ्गेलले पनि आफ्नो वडाहरुमा भएको क्षतीहरुको जानकारी गराउनु भएको थियो ।

साथै मिर्चैया नगरपालीका वडा नं. ५ स्थित एभरेष्ट वैंकको अगाडी स्थानीय व्यापारीहरुको भेलाले समेत मिर्चैया वर्षै पिच्छेहुने वाढि वाट हुने व्यावसायिक क्षतिहरुको निराकरणको लागी सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।