रामधुनी । सुनसरीको रामधुनी नगरपालीका ६ मा रहेको सेउति खोलामा स्थानिय आफैले आवतजावत गर्न सक्ने पुल निमार्ण गरेका छन् । अविरल वर्षाका कारण सेउति खोलाले एक बस्तिवाट अर्को बस्तिमा जार्ने बाटो अबरुद्द हुदा गाँउले आफैले पुल निमार्ण गरेका हुन् ।
बक्लौरीका मैनीटोल बासीले खेतमा काम गर्न, आवतजाजत गर्न, आफुलाई चाहीने आबस्यक उपभोग्य सामान खरीद बिक्रि गर्न पुल निमार्ण गरेका हुन् । स्थानियले पटक पटक पुल वनाउन सम्बन्धित निकाए संग पहिलेदेखीनै भन्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको गुनासो गर्छन ।
अबिरल वर्षाका कारण तथा निमार्णमा ढिलासुस्ति भएको पुलको निमार्णमा सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
