प्रदेश २ · समाचार

खोलामा डुबेर ५ वर्षीय बालकको मृत्यु

वीरगञ्ज १ साउन, । खोलामा डुबेर वीरगञ्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२८ का कृष्ण ठाकुरको ५ वर्षीय छोरा अकलेशको भेडाहा खोलामा डुबेर ज्यान गएको हो ।

खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा बालक मंगलबार खोलामा डुबेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

शर्माका अनुसार, गम्भीर अवस्थामा रहेका बालकलाई उद्धार गरी उपचारका लागि वीरगञ्ज लैजाने प्रयास गरिए पनि उनको बाटैमा मृत्यु भएको थियो ।

नारायणी अस्पताल वीरगञ्जमा बालकको शव पोस्टमार्टम गरेर प्रहरीले परिवारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।