• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

नेपाल पोस्ट दैनिक
    July 12, 2019  मा प्रकाशित

Spread the love
      

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव कामत नेपालकै सङ्गीत क्षेत्रको सबैभन्दा ठूलो र गरिमामय पुरस्कार “नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा परस्कार- २०७५” बाट विभूषित भएका छन्।

पछिल्लो समय पक्षाघातले पीडित भई साङ्गीतिक क्षेत्रबाट टाढिन बाध्य भएका जगदेव कामत प्रसिद्ध गायक/सङ्गीतकार गुरुदेव कामतका जेठा दाइ तथा प्रारम्भिक गुरु हुन्।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा आज काठमाडौँस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ एक लाख एक रुपैयाँ राशिको सो पुरस्कार प्रदान गर्नुभयो।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट कामतका साथै नाट्य विधातर्फ श्यामदास वैष्णव, सङ्गीत विधातर्फ प्रेमध्वज प्रधान, रङ्गमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसङ्गीत विधातर्फ प्रेमदेव गिरीले पनि जनही रु. १,००,००१/– (एक लाख एक) को प्रज्ञा पुरस्कार प्राप्त गर्नुभयो।

पुरस्कार समर्पण समारोहमा परम्परागत तथा शास्त्रीय सङ्गीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय सङ्गीत साधक कामतको साङ्गीतिक योगदानबारे प्रकाश पार्नुभएको थियो।

यसैगरी नाटककार श्यामदास वैष्णवको योगदानबारे नाट्य विभाग प्रमुख प्राज्ञ निशा शर्मा, बरिष्ठ गायक प्रेमध्वज प्रधानबारे सङ्गीत विभागका प्राज्ञ मेघराज शर्मा’मञ्जुल’, अभिनेता ओममणि शर्माबारे सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई, नृत्य निर्दशक हनी श्रेष्ठबारे नृत्य विभाग प्रमुख प्राज्ञ नमूना शर्मा र लोकगायक प्रेमदेव गिरीबारे लोकसङ्गीत विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले प्रकाश पार्नुभएको थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ को सभापतित्व तथा सदस्य सचिव श्यामप्रकाश तमोटको सञ्चालनमा भएको पुरस्कार समर्पण समारोहमा उपकुलपति हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको विविध पक्षमा प्रकाश पार्नुभएको थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित सो समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

को हुन् जगदेव कामत?

सिरहा जिल्लाको पोखरभिण्डा गाउँमा आजभन्दा ७५ वर्षअघि बुवा रामजी कामत र आमा बौआबती देवी कामतको ज्येष्ठ सन्तानको रूपमा जन्मनुभएका जगदेव कामतमा सानैदेखि सङ्गीतप्रति औधि आकर्षण र रुझान थियो। तर घरको दयनीय आर्थिक अवस्थाले गर्दा उहाँले विधिवत सङ्गीतको शिक्षा आर्जन गर्ने मौका पाउनुभएन। गाउँमा विद्यालय नभएकोले बाहिर कतै गई पढ्ने वातावरण र सुविधासमेत उहाँलाई प्राप्त हुन सकेन। तर गीत-सङ्गीतप्रतिको रुझानले गर्दा स्थानीय रूपमा हुने नाटक/नाचमा उहाँ जोडिँदै जानुभयो।

चाँडै नै उहाँ लोकप्रिय ‘गबैया’ तथा ‘हारमोनियम-मास्टर’ का रूपमा स्थापित हुँदै जानुभयो। त्यो यस्तो समय थियो जतिबेला गायक/वाद्यवादकहरूले शास्त्रीय सङ्गीतको जानकारी राख्नु गौरवको कुरा मानिन्थ्यो। यो गौरव उहाँलाई  गाउँकै शास्त्रीय सङ्गीतमा निष्णात एक जमीन्दार वृजदेव रायबाट सङ्गीतको शिक्षा पाएर उहाँलाई प्राप्त भयो। ध्रुपद् गायनका लागि सिङ्गो भारतवर्षमै प्रसिद्धिप्राप्त अमता (दरमङ्गा) घरानाका शिष्य बृजदेवले सङ्गीतलाई पेशा नबनाए तापनि उत्सुक र जाँगरिला युवाहरूलाई सिकाउने काम गर्नुहुन्थ्यो। यसको लाभ लिने भाग्यशालीमध्ये जगदेव कामत पनि पर्नुभयो।

समय क्रममा जगदेवको पारिवारिक भरण-पोषण गर्ने माध्यम पनि नाटक/रामलीला/नाचहरूमा गायन तथा वाद्यवादन नै हुन गयो। यस क्रममा उहाँको नाटक/नाच/रामलीला टोली जहाँ-जहाँ पुग्थ्यो, त्यस ठाउँको वा वरपरका गुणी सङ्गीतज्ञहरूको साहचर्य प्राप्त गर्ने र सङ्गीत सिक्ने मौका उहाँ गुमाउनु हुँदैनथ्यो। यही साङ्गीतिक तिर्खा र अभ्यासले उहाँलाई सङ्गीत क्षेत्रमा निरन्तर खार्दै लग्यो।

साङ्गीतिक यात्राका क्रममा अहिलेका कतिपय राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूलाई उहाँले प्रत्यक्ष/परोक्ष सङ्गीत सिकाउने काम पनि गर्नुभयो। त्यसमध्ये भाइ गुरुदेव कामतको त औपचारिक गुरु नै उहाँ हुनुभयो भने प्रसिद्ध गायक/अभिनेता मुरलीधर पनि आफूले जगदेव कामतबाट यथेष्ट लाभान्वित हुने मौका पाएको बताउनुहुन्छ। मुरलीधरका अनुसार उहाँहरूले ग्रामीण मञ्चहरूमा गाउँदाताका हारमोनियम-वादनमा जगदेव कामतजत्तिको दक्षता भएको कलाकार नेपालको तराई-मधेशमा मात्र नभई वरपरको भारतीय क्षेत्रमा पनि पाउन मुश्किल थियो। जगदेवका भाइ प्रसिद्ध गायक/सङ्गीतकार गुरुदेव कामत दाइको शास्त्रीय सङ्गीतमा दह्रो पकड रहेको बताउनुहुन्छ। गुरुदेवका अनुसार जगदेव विलम्बित, बडा खयाल जस्ता दुरूह प्रकृतिका गायनमा पनि सिद्धहस्त हुनुहुन्थ्यो।

गाउँदै-बजाउँदै कालान्तरमा उहाँ सङ्गीत प्रशिक्षणमा पनि संलग्न हुनुभयो। प्रारम्भमा वरपरका भारतीय शहरहरूमा सङ्गीत शिक्षण गर्दै आउनुभएका जगदेव पछि भाइ गुरुदेव कामतको अनुरोधमा काठमाडौँ आएर सङ्गीत सिकाउने काममा लाग्नुभयो। तर घरायसी जिम्मेवारीहरूले गाउँभन्दा धेरै टाढा बस्न अनुकूल नभएछि उहाँले आफ्नो कर्मथलो घरपायक ठाउँ उदयपुर जिल्लो गाईघाटलाई बनाउनुभयो। गाईघाटमै सक्रिय रहँदाका बखत उहाँ पक्षाघातले पीडित हुनुभयो। यसरी हाल साङ्गीतिक यात्रामा विराम लाग्नुका साथै आर्थिकलगायतका सङ्कटबाट पनि उहाँले जुध्नुपरिरहेको छ। तर अझै स्वस्थ भएर सङ्गीतमा लाग्ने तिर्खा भने उहाँमा बाँकी नै छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑