एजेन्सी । विश्वकप क्रिकेटको प्रमुख दाबेदार मानिएको भारतीय टिमको यात्रा सेमिफाइनलबाट टुङिगएको छ।
दुई दिनसम्म चलेको रोमाञ्चक म्याचमा बुधबार न्युजिल्याण्डसँग १८ रनले पराजित भएर भारतको यात्रा समाप्त भएको हो। उक्त खेलपछि एक भिडियो भाईरल भइरहेको छ। जसमा भारतको हारको कारण अम्पायर भएको भन्दै तीव्र आलोचना भएको छ।
महेन्द्र सिंह धोनी जुन बलमा आउट भए उक्त बललाई नो बल दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा भनिएको छ। ट्वीटर प्रयोगकर्ताले अम्पायरले पावर प्लेको समयमा फिल्डिङको नदरअन्दाज गरेको बताएका छन्।
तेस्रो पावर प्लेमा ३० यार्ड घेरा भन्दा बाहिर बढीमा ५ खेलाडी हुनुपर्नेछ तर धोनी रन आउट भएको समयमा ६ खेलाडी बाहिर रहेको भन्दै फ्यानहरुले ट्वीटरमा हंगामा मच्चाएका छन्।
एक प्रयोकर्ताले लेखेका छन, ‘कति राम्रो अम्पायरिंग…? महेन्द्र सिंह धोनीलाई रन आउट दिन हुन्थेन किनकी उक्त बल नो बल थियो। धानीले खेल्नुपर्थ्यो र भारतले जित्नेथियो। कति महान विश्वकप ? कति महान अम्पायरिंग?’
यस्तै अर्काले लेखेका छन्, ‘के यो मैले एक्लैले देखे? धोनी रनआउट हुनभन्दा पहिला घेरा बाहिर ६ खेलाडी थिए। थाहा छैन यो अम्पायरिंग फल्ट हो वा जीपीएस त्रुटी?’ डिसि नेपालबाट