प्रदेश २ · समाचार

सर्लाहीमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

सर्लाही सम्वादाता, २२ असार ।विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो ।

 

मण्डल आफ्नो ससुराली घर कोडैना गाउँपालिका–१ सुखचैनामा सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । उनको समयमै उपचार हुन नपाउँदा मृत्यु भएको बताइएको छ ।

यसैबीच गएराति ९ः३० बजे रामनगर गाउँपालिका–३ स्थित एक निजी विद्यालयमा आगलागी भएको छ ।स्थानिय फेकु रायले सञ्चालन गरेको मेमोरियल ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलमा अचानक आगलगी हुँदा फुसको छ र खपडाले छाएको तीन कोठाको घर पूर्णरुपमा जलेर क्षति भएको छ ।

आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आगलागीबाट स्कुलसँगै रहेको रामचन्द्र रायको खपडाले छाएको घरमा समेत क्षति पुगको छ ।

आगो स्थानीयवासी र प्रहरीको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।