काठमाडौं सम्वादाता,२० आषाढ । । सडक दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले सडकमै अत्यधुनिक एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
त्यसका लागि सडकमा सशस्त्र प्रहरी बलको एम्बुलेन्स सडकमै हुनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार करिब चार करोडमा आठवटा एम्बुलेन्स समेत खरिद गरिएको छ । ती एम्बुलेन्सलाई उपत्यकामा एउटा र बाँकी अन्य कुरीनटार, इटहरी, कोशी व्यारेज, कैलालीको अत्तरीया, बाँके र चन्द्रौटामा राखिनेछ,” प्रवक्ता श्रेष्ठले भने,‘‘बढी दुर्घटना हुने स्थानको पहिचान गरेर राखेका हौं । यसमा एकजना स्वास्थ्यकर्मी पनि रहन्छन् ।
एकैपटकमा १५ जना घाइतेहरुलाई यसले बोक्न सक्छ । यो दुर्घटनाका घाइतेको उद्धारका लागि निकै प्रभावकारी हुनेछ ।’’ बम बम बम एम्बुलेन्स भारतबाट ल्याइएको हो । श्रेष्ठले जनताको सेवाका लागि सशस्त्र प्रहरी बलले आगामी दिन एम्बुलेन्स सेवा थप क्षेत्रमा विस्तार गर्ने बताए ।
‘‘जनता अकालमै नमरुन् । कतिपय स्थानमा दुर्घटना हुँदा एम्बुलेन्समा एकजना मात्रै लैजान सकिन्थ्यो । ठूलो दुर्घटना हुँदा हाम्रो एम्बुलेन्सले ठूलो सहयोग पुग्नेछ,’’ उनले भने । एम्बुलेन्सको नाम इमिडेटल रेस्पोन्स एम्बुलेन्स राखिएको छ । यस्तै सशस्त्र प्रहरी बलले पूर्व–पश्चिम राजमार्गका एक सय स्थानमा इमिडियट्ली रेस्पोन्स टिम ९आईआरटी० खटाएको छ । राजमार्गको मुख्य सडकखण्ड र सहायक गरी सय बढी स्थानमा आईआरटी टोली राखिएको हो ।
डीआईजी श्रेष्ठले भने,‘‘केही समयअघि राजमार्गका विभिन्न स्थानमा रात्रिबसमा लुटपाट हुने गरेको थियो । त्यसको नियन्त्रणका लागि हामीले आईआरटी टोली खटाएका हौं ।
यो टोलीले अन्य अपराधीक घटनाको समेत नियन्त्रण र निगरानी राख्नेछ ।’’ पूर्व –पश्चिम राजमार्गको सुरक्षाका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन । प्रत्येक आईआरटी टोलीमा कम्तीमा १० जनाको टिम हुनेछ ।