• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पथलैयादेखि सिरहाको कमलासम्मको राजमार्ग चार लाइनमा विस्तार हुने 

नेपाल पोस्ट दैनिक
    July 5, 2019  मा प्रकाशित

Spread the love
      

लहान २० आषाढ । । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्म रहेको सडक खण्ड चार लाइनमा विस्तार हुने भएको छ ।

बढ्दै गएको सवारी साधनको चाप बढदो र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्ग अहिले दुई लेनको मात्र छ ।
मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने सरकारको योजनाअन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमलासम्मको राजमार्गको सो खण्ड विस्तार गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएकोभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएका छ्न।
राजमार्गको त्यस खण्डको विस्तारका लागि अहिले अध्ययन कार्य अन्तिम चरणमा रहेको बताइएको छ। नयाँ आर्थिक वर्षको साउनदेखि नै राजमार्गको उक्त खण्डको डिजाइनको काम सुरु हुने रडिजाइनकोकाम सम्पन्न भइसकेपछि विस्तारका लागिठेक्कापट्टाको प्रक्रिया अगाडि बढाइने यातायात मन्त्रालयले बताएका छ्न।
सडक विभागका अनुसार राजमार्गको सो खण्डको विस्तारको कुल अनुमानित लागत ४० अर्ब रुपियाँ छ । राजमार्ग विस्तारसँगै सो खण्डमा नयाँ पुल निर्माण, अहिले भएका पुलहरूको स्तरोन्नति तथा विस्तारसमेत गरिने छ । बाराको पथलैयादेखि सिरहाको कमलासम्मको कुल लम्बाइ १३० किलोमिटर रहेको छ
दुई चरणमा राजमार्ग विस्तार
एक हजार २८ किलोमिटर कुल लम्बाइ रहेको सो राजमार्गको विस्तार दुई चरणमा गरिने बताउँदै मन्त्रालयले पहिलो चरणमा बुटवलदेखि पूर्वको खण्ड विस्तार कार्य सुरु भइसकेको छ । बुटवलदेखि पश्चिमको खण्डलाई दोस्रो चरणअन्तर्गत विस्तार गरिने छ ।
सवारी साधनको चाप तथा बढ्दै गएको ट्राफिक जामका आधारमा बुटवलदेखि पूर्वको खण्डलाई पहिलो चरणमा राखी विस्तार कार्य अगाडि बढाइएको छ।
पहिलो चरणअन्तर्गत अहिले बुटवलदेखि नारायणगढसम्मको विस्तार कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा सो राजमार्गको विस्तार कार्यको शिलान्यास गर्नुभएको थियो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा राजमार्गको उक्त खण्डको विस्तार कार्य सुरु भएको हो ।
राजमार्गको यो खण्डमा ४१ वटा ठूला र २० वटा साना गरी कुल ६१ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । यो खण्डमा दुवैतिर सात÷सात मिटरको ‘क्यारिज वे’ र २.५ मिटरको सोल्डर निर्माण गरिने छ । एउटा लेनको चौडाइ ३.५ मिटर बराबरको हुने सडक विभागले जनाएको छ ।
पाँच वर्षभित्र विस्तार सम्पन्न
आगामी पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गको सम्पूर्ण खण्डको विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको छ । सचिव कार्कीले भन्नुभयो, “आगामी पाँच वर्षमा पूरै राजमार्ग चार लेनको गरिने छ । ”
त्यसैगरी सो राजमार्ग गाउँ र सहर क्षेत्रमा छ लेन र बाँकी भागमा चार लेनमा विस्तार गरिने बताएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑