शम्भु चौधरी लहान १४ अषाढ । सिरहाको नरहा गाउँ पालिका वडा नम्बर २ पानवारीमा २ दिने वालविवाह वालश्रम विरुद्धको वाल नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
वाल विवाह न्युनिकरण तथा वाल श्रम रोक्न वालवालिका मै नेतृत्व प्रदान गर्ने उदेश्यले सो कार्यक्रम संचालन गरीएको हो ।
नरहा गाउँ पालिकाका प्रशासकिय अधिकृत सुमित्रा लामाको प्रमुख आतिथ्य सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नरहा गाउँपालिका २ का वडा अध्यक्ष ज्ञानदेव सिंह रहनु भएको थियो ।
स्वदेश नेपाल धनगढीमाई नगरपालिका १ बाखरको आयोजनामा संचालन भएको कार्यक्रममा कक्षा ८, ९ र १० मा पढने ५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रशिक्षण रेनु कर्णले गर्नु भएको प्रतिष्ठानका अध्यक्ष रामअशिष महतो जानकारी दिएका छन ।