• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा सामुदायिक वनको जग्गा अतिक्रमण , वन बिनाश गर्ने दुई भारतीय नागरिक प्रहरीको नियन्त्रणमा 

नेपाल पोस्ट दैनिक
    June 29, 2019  मा प्रकाशित

Spread the love
      
महेश सिंह महतो ,सिरहा , १४ असार । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ ।
यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो ।असार १ गते जोवाहा प्राकृतिक सामुदायिक वन परिसरमा हुर्कंदै गरेका विरुवामा क्षति पुर्याएको भन्दै नस्कर र अधिकारीलाई स्थानीयको सहायतामा पक्राउ गरिएको थियो।
मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा सारेर मारुती सिमेन्ट उद्योगले अतिक्रमण गर्न निरन्तर प्रयास गर्दै आएको छ । यसपटक पनि जग्गा कब्जामा गर्न मारुति सिमेन्ट प्राविधिकको साथमा माटो टेस्ट गर्नका लागि मेसिनसहित पुगेको थियो । मेसिनसहित उत्खन्न गरिरहेको अवस्थामा स्थानीयवासिन्दाहरुले   रोकेका थिए । र उनीहरुले गाडिसहित मेसिन पनि नियन्त्रणमा लिएका थिए ।
तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो ।
जग्गा अतिक्रमण गर्ने क्रममा दुई वन फडानीकर्ता समेत पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत कोलकाताका विश्वजित नस्कर र आलोक अधिकारी रहेका छन् । उनीहरुलाई अहिले सिरहा वन कार्यालयको हिरासतमा राखिएको छ ।
गत वर्ष वडा अध्यक्ष राम पुकार कामती, स्थानीय, वन कर्मचारीको उपस्थितमा मारुती सिमेन्टका तर्फबाट मनोज श्रेष्ठसँग छलफल भएको थियो । छलफलमा कारखानाले लेटर पेडमा यस वरपर रहेको वनको जग्गा तत्काल अतिक्रमण नगर्ने लिखित प्रतिबद्धता भएको थियो । तर, उक्त सम्झौता गरेको एक वर्ष नबित्दै फेरी मारुती सिमेन्टले सामुदायिक वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । यसरी सामुदायिक वनको जग्गा अतक्रमण गर्ने मारुती सिनेन्टलाई कारबाही गर्नुको साटो पक्राउ परेका दुई वन फडानीकर्तालाई छुटाउन सम्वन्धित निकाय नै लागि परेका छन् ।
सिरहाका जिल्ला वन अधिकृत दासले आफूमाथि कुनै दबाद नआएको बताए । ‘म माथि कुनै दबाब आएको छैन । म वनको ऐन नियम र कानुन अनुसार आफ्नो काम गर्छु । कसैको दबाब म काम नगरेको वताए । सिरहाका जिल्ला वन अधिकृत दासले यस विषयमा के कस्तो कारबाही हुन्छ भन्ने अनुसन्धान जारी रहेकाले अहिले नै भन्न नसकिने बताए ।
त्यस्तै सिरहाका जिल्ला वन कर्मचारी अमरेन्द्र यादवका अनुसार रोडको पश्चिमी क्षेत्रमा रहेको उक्त १८ हेक्टर जग्गामध्ये केही जग्गा सुकुम्वासीका नाम थियो । सुकुम्वासीको नाममा रहेको सो जग्गा सुकुम्वासी आयोगमा दर्ता छ । तर, मारुती सिमेन्टले उक्त जग्गा आफ्नो नाममा बनाएर अतिक्रमण गर्दै आएको छ । जसलाई स्थानीयले अस्वीकार गरेका छन् ।
यसैबीच सिरहाका जिल्ला प्रशासन प्रमुख (सिडियो) गोपाल अधिकारीले भने सार्वजनिक जग्गा अतिक्रमण भएको हो भने छानबिन हुने बताए ।
‘यदि जग्गा अक्रिमण भएको छ भने उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याइन्छ ।’ उनले भने, ‘आज नापी पठाएको छु । सिरहा नापी कार्यालयबाट नापी अधिकृतसहितको टोली त्यसतर्फ जानुभएको छ । उहाँहरुले प्रारम्भिक अनुसन्धान गरेपछि अगाडीको प्रतिक्रिया बढाइन्छ ।’
नापी टोलीले ल्याएको निष्कर्ष अनुसार सम्बन्धीत सबै पक्षलाई बोलाएर छलफल गरिने उनले बताए । साथै सम्बन्धित पक्षहरुसँग भएको आधार प्रमाणहरु लिने र जग्गा अतिक्रमण भएको छ भने कारबाही प्रक्रिया अगाडी बढाउने उनले बताए  ।
मारुती सिमेन्टको स्वाइल टेष्ट गर्ने मेसिन, बा १६ च २५८१ नम्बरको बोलेरो, परपसन मेसिन १ थान, टाइपट पाइप ३ फिटको ६ थान, २ फिटको एक थान, कोसिंग पाइप ४ थान, हमर सेट, बेलर चिजेल १ सेट, पाइप रिन्च २ सेट, ड्रम १ सेट, रिन्चको भाँडो १ सेटसहित सामानहरु स्थानीयले बरामद गरेका थिए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑