मुख्य समाचार

एसईई नतिजा कुन प्रदेशमा कस्तो आयो ?

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

प्रदेश १

प्रदेश नम्बर १ मा कूल ७९ हजार३४० जना परीक्षार्थी उत्तीर्ण  भएका छन् । जसमा ३७ हजार ९३४ छात्र र छात्रा ४१ हजार ४०६ जना उत्तीर्ण भएका छन् ।

प्रदेश २

प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् ।

प्रदेश ३

प्रदेश नम्बर ३ मा कूल एक लाख ३ हजार ३०८ परीक्षार्थी उत्तीर्ण भएका छन् । छात्र ५१ हजार ५५२ र छात्रा ५१ हजार ७५६ जना उत्तीर्ण भएका छन् ।

गण्डकी

गण्डकी प्रदेशमा कूल ४६ हजार ४४५ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र २२ हजार ७८१ र छात्रा २३ हजार ६६४ जना रहेका छन् ।

प्रदेश ५

प्रदेश नम्बर ५ मा कूल ७३ हजार ६ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र ३८ हजार ३१५ र छात्रा ३५ हजार ३८३ जना उत्तीर्ण भएका छन् ।

कर्णाली

कर्णाली प्रदेशमा कूल ३२ हजार ३९२ जना उत्तीर्ण भएका छन् । जसमा छात्र १५ हजार ४५७ जना र छात्रा १६ हजार ९३५ जना उत्तीर्ण भएका छन् ।

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा कूल ४९ हजार ६५६ परीक्षार्थी उत्तीर्ण हुँदा छात्र २३ हजार ८८४ र छात्रा २५ हजार ७७२ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।