नरेन्द्र महताे / गाैशाला,महाेत्तरी १२ अषाढ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे तेस्राे नगरसभाकाे नीति तथा कार्यक्रम केहि दिनकाे लागि स्थगित गरिएकाे छ ।
मंगलवार भएकाे कार्यक्रममा उप मेयर अाशा लामाकाे वरियता क्रमलाई लिएर वादविवाद भए पछि कार्यक्रम स्थगित गरिएकाे वाडा न. ८ का वडा अध्यक्ष तथा गौशाला नगर पालिकाका प्रवक्ता भाेजवहादुर दर्लामीले बताए ।
वाँहाले भन्नू भयो कि हामिहरुले कार्यक्रमकाे ढाँचा पहिले देखि तयार भए पनि उद्वधाेषककाे कारण त्रृटि पुर्ण भएकाेमा वाद विवाद भएकाे हाे, मानिस सब भन्दा ठुलाे प्रतिष्ठा नै हुन्छ तर उदघाेषकले मार्यादाकाे ख्याल नगरेकाे कारण साथिहरुले अापति जनाएका हुन् , काे अगाडि बस्छ काे पछाडि बस्छ त्यस्काे मतलव हाेईन तर जनता बाट चुनिएकाे व्यक्तिलाई अवहेलना गर्नु राम्राे नभएकाे उनकाे भनाई थियाे अहिले हामिहरु विच छलफल चलिरहेकाे हुनाले १४ गते देखि बन्द सत्र शुरु हुने जानकारी गराए।
अब प्रतिनिधिहरु विच बसेर विशेष ढंग बाट छलफल भई २५ गते पत्रकार सम्मेल गराई अाम नगरपालिकाका जनताहरुलाई नीति तथा कार्यक्रमकाे वारेमा जानकारी गराउने प्रवक्ता दर्लामीले जनाए ।