जनकपुर सम्वादाता ११ अषाढ । श्रीमतीको हत्या गरी ३ वर्षदेखि फरार एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदनगर नगरपालिका १ का २५ बर्षीय रामसुन्दर यादब रहेका छन् ।
पक्रा परेका यादबलाई कर्तव्य ज्यान मुद्दा सम्बन्धि कसुरमा धनुषा जिल्ला अदालतबाट कानून बमोजिम म्याद थप गराई प्रहरीले अनुसन्धान थालेको छ ।
यादबले ३ वर्ष अगाडी आफ्नै श्रीमती मधुदेवी यादबको घाँटी थिचेर हत्या गरेका थिए । घटना पश्चात फरार भएका यादबलाई बुधवार दिउँसो धनुषाकै जनकनन्दनी गाउँपालिका १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।