सप्तरी असार ६ । सप्तरीका ४४ जना किसानलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश २ ले निःशुल्क मोटर सहितको च्याप कटर(कुट्टीकटा मेशिन ) बितरण गरिएको छ ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक समारोहका बिच बिहिबार सो मोटर सहितको च्याप कटर (कुट्टी कटा मेशिन ) बितरण गरिए हुन् ।
पशुजन्य आहार व्यवस्थापनका लागि सो मेसिन किसानहरुलाई वितरण गरिएको मन्त्रायले जनाएको छ । उक्त समारोहमा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका कृषकहरुको सहभागिता रहेको भेटनरी कार्यालयका पशुपंक्षि विकास शाखाका परमेश्वर यादवले जानकारी दिनुभयो ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले प्रदेश न. २ को आठ ओटै जिल्लामा सो मेसिन बितरण गरिने जनाएको छ ।