आज २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस । पाँच वर्षदेखि विश्वले आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइराखेको छ । हामी पनि ५औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ उपस्थित भएका छौं । हामीले, विश्वले सँगसँगै सन् २०१५ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरेका हौं । जब सन् २०१४ मा संयुक्त राष्ट संघले आजको दिनलाई योग दिवसको रुपमा घोषणा गरेको हो ।
आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, योगका उद्देश्यहरू मानवलाई स्वच्छ, प्रशन्न चिन्त, सुखी, शान्त राख्न योगदान गरोस् । र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न रहोस् भन्ने योगको उद्देश्य । यो पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म शुभकामना भन्न चाहन्छु ।
हामी अलि तनावग्रस्त दुनियाँमा छौं, भ्याउँदैनौं । नभ्याउने कुराले झन तनाव हुन्छ । त्यस कारण बिहान अलिकति समय निकाल्ने दिनभरीको तनाव, हप्ता भरिको तनाव, महिना भरिको तनाव, वर्ष भरिको तनाव र जीवनभरीका तनावबाट मुक्त हुने–त्यो नै योगको उद्देश्य हो ।
यस सुखद् अवसरमा म यहाँहरू सबैलाई, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र विश्वकै सम्पूर्ण मानव जातिलाई योग दिवसको अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।
हामीले योग दिवस यो व्यक्तिगत रुपमा हरेक दिनलाई हामीले योग दिवसको रुपमा मनाउँदै आयौं । कसैले थाहा नपाउनु बेग्लै कुरा हो तर हजारौ वर्षदेखि यो जीवनको अंगको रुपमा दैनन्दिन कार्यको रुपमा, दिनको प्रारम्भको रुपमा योग अभिन्न अंगको रुपमा रहदै आयो–वैयक्तिक तवरमा जसमा जानकारी छ ।