प्रदेश २ · समाचार

अशक्त महिलालाई आँपको बगैँचामा लगेर बलात्कार

विद्यानन्द राम राजविराज ६ अषाढ । सप्तरीको खडक नगरपालिका—३ की २५ वर्षीया वोल्न नसक्ने दलित युवती बलात्कृत भएकी छन् ।

स्थानीय एक व्यक्तिले प्रहरीलाई जानकारी गराएसँगै इलाका प्रहरी कार्यालय कडरवोनाका टोली मुचुल्का तयार पार्न पीडितको घर पुगेपछि घटना बाहिरिएको हो । प्रहरीले घटना पुष्टि गराएसँगै गत सोमवार पीडित पक्षले दिएको जाहिरीका आधारमा सोहि ठाउँका ४५ वर्षीय मोहम्मद मस्तिम मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रकाे दिन (जेष्ठ २२ गते) युवतीको बलात्कृ‌त भएकी हुन् । तर, पीडकले दिएको ज्यान मार्ने धम्कीका कारण युवतीले घरपरिवारमा बलात्कार बारे खुलाएकी थिइनन् ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको फुलबारीमा दिउँसो घाँस काट्न गएकी ती युवतीलाई मियाँले पर्वकै दिन आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित पक्षले खुलाए । उनीहरुले मियाँलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग समेत गरे । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।