६ अषाढ । लहानको सिद्धार्थ बैंकले स्थानीय जेएस मुरारका बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न जातकागरी जम्मा २० वटा विरुवा रोपेकाछन् । रोपिएको सबै विरुवा उच्च जातका छन् । आँप ५, लिची ५, अम्बा ५, अनार ५ गरी २० वटा विरुवा रोपेका छन् । सिद्धार्थ बैंकले ल्याएको योजना एक कर्मचारी एक विरुवाू अन्तरगत यो कार्यक्रम सम्पन्न भएको लहान सिद्धार्थ बैंकका शाखा प्रबन्धक रामप्रमोद यादवले जानकारी दिएका छन । लहानका सिद्धार्थ बैंकले केहि महिनादेखि आफ्ना विभिन्न गतिविधिहरु संचालन गर्दै आएका छन् । त्यस अन्तर्गत हालै लहान नगरपालिका वाडा न। ३ र ४ मा घरदैलो अभियान संचालनको क्रममा ५०० सयजना सर्वसाधारण नागरिकले खाता पनि खोलेका छन ।
सम्बन्धित खबर
आज अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाउदैै
ग्रामिण सडक लक्ष्ति गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाद्धरा सचेतना मुलक कार्यक्रम
सिरहाबाट ५३ किलो गाँजा बरामद, भरिया फरार,खोजि कार्य जारी
मोटरसाइकल चोर्ने ६ युवक पक्राउ
सर्लाहीमा बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबान
