६ अषाढ । लहानको सिद्धार्थ बैंकले स्थानीय जेएस मुरारका बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न जातकागरी जम्मा २० वटा विरुवा रोपेकाछन् । रोपिएको सबै विरुवा उच्च जातका छन् । आँप ५, लिची ५, अम्बा ५, अनार ५ गरी २० वटा विरुवा रोपेका छन् । सिद्धार्थ बैंकले ल्याएको योजना एक कर्मचारी एक विरुवाू अन्तरगत यो कार्यक्रम सम्पन्न भएको लहान सिद्धार्थ बैंकका शाखा प्रबन्धक रामप्रमोद यादवले जानकारी दिएका छन । लहानका सिद्धार्थ बैंकले केहि महिनादेखि आफ्ना विभिन्न गतिविधिहरु संचालन गर्दै आएका छन् । त्यस अन्तर्गत हालै लहान नगरपालिका वाडा न। ३ र ४ मा घरदैलो अभियान संचालनको क्रममा ५०० सयजना सर्वसाधारण नागरिकले खाता पनि खोलेका छन ।