प्रदेश २ · समाचार

टिप्परको ठक्करबाट अढाई वर्षीया बालक गम्भीर घाइते

सम्वादाता ३१ जेष्ठ । महोत्तरीमा टिप्परको ठक्करबाट बालक गम्भीर घाइते भएका छन्। महोत्तरीमा टिप्परले किच्दा अढाई वर्षीया बालक गम्भीर घाइते भएका छन् ।

भंगहा नगरपालिका वडा ४ पलारटोलका बिनोद सरदारका अढाई वर्षीया छोरा ओम सरदार लाई ना १ क ९४२६ नम्बरको टिप्पर ठक्कर बालक गम्भीर घाईतेका भएका छन । गम्भीर बालकको शरीरका आधभाग किचिएर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि काठमाडौं लगिएको छ ।

स्थानीयले दिएको जानकारी अनुसार शुक्रबार विहान रातुखोलाबाट बालुवा लिएर तिव्रगतिमा क्रसर तर्फार्किदै गरेको ना १ क ९४२६ नम्बरको ट्रिपर सडकमा खेल्दै गरेका बालकार्लाइ किचेको हो ।

घटना पश्चात चालक फरार भएका छन् भने टिपर स्थानीयले नियन्त्रणमा लिएका छन् । फरार चालकको खोजविन गरिरहेको जमुनिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।