प्रदेश २ · समाचार

सप्तरीबाट एक इञ्जिनीयर घुससहित पक्राउ

सप्तरी सम्वादाता  ३० जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन ।

उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।