३० जेष्ठ । सप्तरीको शम्भुनाथ नगरपालिका ५ तिव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरी रहेको छ । सप्तरी प्रहरीको अनुसार युनिक अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।
पुल नजिक रहेको होर्डिङ बोर्डमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।