प्रदेश २ · समाचार

तीर्थयात्री बोकेको बसलाई ट्रकले पछाडीबाट ठक्कर ,दुई जनाको मृत्यु,९ जना घाइते

रौतहट सम्वादाता २८ जेठ, । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन ।

काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बसलाई सोमवार राति १२.४५ बजेको समयमा को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।

चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको खुलेको छ । ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए । मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डीएसपी कार्कीले बताए । ट्रकले तिर्थयात्रु बोकेको बसलाई ठक्कर दिदा सडक भन्दा २० मिटर पर जंगलमा बस पुगेको थियो । घटनापछि ट्रक चालक फरार छन् । उनलाई खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।