सरोज कुमार महतो काठमाडौं २८ जेष्ठ । ध्वनी प्रदुसनलाई ध्यानमा राखी उपत्यका भित्रमा ट्रफिक प्रहरीले हर्न बजाउनेलाई सामेबार देखि कार्वाही गर्न थालेका छन ।
ध्वनी प्रदुसनको कारण मानिसमा उक्तरत्तचाप बढदै जाने,श्वास प्रश्वास प्रणलीमा असर,स्मरण शक्तिमा कमि आउने,गर्भवति महिलालाई असर गर्ने तथा अन्य समस्या देखिएकोले उपत्यकामा कार्वाहीका कार्यलाई तिव्रता दिएको ट्रफिक प्रहरीले बताएका छन । उपत्यका भित्र हर्न बजाएमा जरीवाना स्वरुप रु ५ सय लागने गरेको छ । हुन त उपत्यकामा वि स २०७४ बैशाख १ गते देखि नै पुर्ण हर्न निषेद क्षेत्र घोषणा गरीए ता पनि पुर्ण रुपमा लागु भएको थिएन । त्यसलाई नै ध्यानमा राखी कडाई गरीएको ट्रफिक प्रहरी कार्यालयले जनाएका छन ।