समाचार

महोत्तरीमा एउटा जङ्गली हाती मृत अवस्थामा भेटिए

महोत्तरी । गौशाला नगरपालिका वडा नं. १० लक्ष्मिनिया जङ्गलमा मृत अवस्थामा हाती भेटिएको प्रहरीले जनाएको छ ।

लक्ष्मिनियास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब पाँच सय मीटर पूर्वपट्टीको जङ्गलमा मंगलबार मृत भेटिएको हातीको घाँटीमा रेडियो कलर रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

जङ्गलमा हाती मृत रहेको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय गौशाला र वन विभागका कर्मचारी घटनास्थल पुगेर अनुसन्धान पक्रियालाई अगाडि बढाएका छन् । घाँटीमा रेडियो कलर झुण्ड्याउन बेहोस पार्ने औषधीको प्रयोग गरेकै कारण हाती मरेको हुन सक्ने आशंका वन कर्मचारीले गरेको छ ।

हाती कसरी र किन मरेको सम्बन्धमा प्रहरी र वनकर्मी मिलेर अनुसन्धान गरिरहेको जिल्ला वन कार्यालय बर्दिबासका प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।