शरद शर्मा मजगैया दाङ, १४ साउन आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा सेवाप्रबाहमा सुधार गर्नुपर्ने देखिएको छ ।
राजस्व बुझाउने वा नयाँ ब्यबसायिले लिनुपर्ने पान नम्वर दर्ता गर्ने लगायतका अन्य सेवा लिन आएका सेवाग्राहीले ढिला सुस्तीका कारण सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
उक्त कार्यालयले दाङ,सल्यान,रुकुम पूर्व,रुकुम पश्चिम, रोल्पा, प्युठानका सेवाग्राहीहरुले सेवा दिदै आएको छ । तर कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले भने सेवा प्रवाहमा ढिलाई भएको गुनासो गरेका छन ।
कार्यालयमा राजश्व बुझाउनको लागी होस वा पान नम्बर लिनमा २÷३ दिन लाग्ने गरेको सेवाग्राहीको भनाई छ ।
रुकुम पश्चिम आठविसकोट नगरपालिकाका गोकर्ण कुमार शाहीले क्लबको लागी भ्याटविल लिनको आएको २ दिन लागेको बताउनुभयो ।
५ हजार राजश्व बुझाउनका लागी ५ हजार खर्च भयो,शाहीले बताउनुभयो । विहान नै देखी लाईनमा बस्यो, कार्यालयमा नेट स्लो भयो भन्ने जस्ता प्राबिधि समस्या देखिाईन्छ,सानो काम गर्न २÷३ दिन लाग्छ,उहा भन्नुहुन्छ ।
ब्यक्तिगत पान नम्वर लिन आएका रुकुमका मनोज खत्रीको पनि गुनासो त्यहि छ । २ दिन देखी लाईनमा बस्यो,कर्मचारीले भन्छन् प्राबिधिक समस्या आई प¥यो ।
ब्यक्तिगत पान नम्बर पहाडी जिल्ला रुकुमबाट आउँदा १०÷१५ हजार खर्च हुन्छ,खत्रीले भन्नुहुन्छ । उक्त कार्यालयले भने सेवाग्राहीको भिडभाड धेरै हुने समय भएकाले सेवाप्रबाहमा समस्या भएको बताएको छ । कार्यालयले विगत केही बर्षदेखी विभिन्न ठाउँमा घुम्ती शिवीर सञ्चालन गदै आएको पनि छ ।
आगामी दिनमा पहाडी जिल्लाहरुमा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरीएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत य्ुवराज अधिकारीले बताउनुभयो ।
कार्यालयमा ६ जनाको कर अधिकृतको दरबन्दी भएतापनि हाल ४ जना कार्यरहत रहेका छन् ।
२०७२ सालदेखी राजश्व कार्यालयमा ६ जिल्लाका उद्योग वाणिज्य संघको सहजीकरणमा निशुल्क हेल्प डेक्स स्थापना गरी सहयोग गर्दै आएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु बहादुर रावतले बताउनुभयो । तलव सुबिधा मासिक रुपमा दिने गरी ३ जना कर्मचारीहरुको ब्यबस्था गरीएको रावतले बताउनुभयो ।
उद्योग बाणिज्य संघले ब्यबस्था गरेका ती कर्मचारीले उक्त कार्यालयमा आएका ब्यबसायिहरुलाई प्रदान हुने सेवामा सहयोग गर्ने गरेका छन् । उनीहरुले हल्पडेक्स पनि स्थापना गरेका छन ।
व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ । सरकारले गरेको व्यवस्थाअनुसार सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर लिनुपर्ने हुन्छ ।
सरकारले व्यवसाय वा आय आर्जनमा संलग्न सबै व्यक्तिले प्यान नम्बर लिनुपर्ने प्रावधानलाई चालु आर्थिक वर्षबाट अनिवार्य गरेको हो ।
स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ ।