• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राहतमा उत्पातै उत्पात

नेपाल पोस्ट दैनिक
    May 1, 2020  मा प्रकाशित

Spread the love
      

राहतमा उत्पातै उत्पात

जीवछ चौधरी    
 
सिरहा १९ बैशाख  । कोरोना महामारीले दैनिक ज्यालादारी र मजदुरी गरी जीवन गुजारा चलाउन धौधौ पर्नेहरुका सरकारले राहतको प्याकेज शुरु ग¥यो । यही प्याकेज अनुसार बन्दाबन्दीमा गरिव विपन्न परिवारलाई चुल्हो चौका बाल्न सहज होस् भनेर केन्द्रीय सरकारले स्थानीय सरकारको मातहतमा एकद्धार प्रणाली अपनाई राहत वितरण गर्ने फैसला सुनायो । तर आज हाम्रा तराई मधेशमा गरिव विपन्न परिवारको चुल्हो बाल्ने कता हो कता जो हुने खाने दैनिक दुध र माछा मासुबाट चुलो जमाउनेहरुको घर परिवारमा भएकाहरुले प्रति व्यक्तिका दरले राहत पेल्टामा परेका छन् ।

राहत वितरण शुरु भएपछि लहान नगरपालिकाका शहरीया वासिन्दाहरुमा पनि लोभ जाग्यो । उनीहरुले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमाथि विभिन्न अफवाह फैलाउन शुरु गरे । लहान नगरपालिकाको वडा नं. ५ र २४ मा राहत वितरण गरेको चामल खाँदा झाडा पाखाला लागेको, चामल गन्हाउने, सडेको जस्ता भ्रमक कुराहरु पत्रपत्रिकामा प्रकाशित गराए । लहानदेखि देशकैे विभिन्न भागमा यस्तो चर्चा फैलाइयो । केहीलाई त राहतले अर्को ठूलो महामारी नै फैलाएको भ्रम भयो ।

यसका लागि उनीहरुले नयाँ तरिका अपनाएका छन् । अशिक्षा र गरिवीमा क्षमताको विकास नभएको र दैनिक ज्यालादारी र मजदुरी गरी घर परिवार चलाउनेहरुमाझ विभिन्न अफवाह फैलाइ रहेका छन् । यसले दुइवटा कार्य गरिरहेको छ, एउटा वास्तविक गरिवहरुलाई राहत लिनबाट बञ्चित गरेका छन् भने अर्को तर्फ संकटका बेला ज्यानको बाजी थापेर राहत वितवरणमा खटेका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बद्नाम र हतोत्साहित गरेको छ । अर्कोतर्फ नगरपालिका र गाउँपालिकाका वाडाहरुमा जुन राजनीतिक दल र जातले प्रतिनित्व गरेका छन् त्यहाँ तिनै जात र पार्टीको बोलबालामा राहतमा वितरण भइरहेको छ । सिरहा र सप्तरी जिल्लाका केही नगरपालिका र गाउँ पालिकाका राहत वितवरणको अवस्थाको अध्ययन पछि यो सामग्री तयार पारिएको छ

चौविस वटा वडा रहेको लहान नगरपालिकाले ८ हजार १४ गरिव तथा विपन्न घरवरिवारलाई राहत वितरण गर्ने र त्यसमा पनि हुने खाने मूख्य पाँच जातलाई कम प्रथमिकता दिई मुसहर, चमार, दुसाद, पासमान, डोम जातीलाई विशेष प्राथमिकतामा राखी नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड लहानबाट अरवा मन्सुली एक साल पुरानो चामल, थोरै चामलमा धेरै भात हुने चामल वितरण गरिएको छ ।

राहत वितरण शुरु भएपछि लहान नगरपालिकाका शहरीया वासिन्दाहरुमा पनि लोभ जाग्यो । उनीहरुले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमाथि विभिन्न अफवाह फैलाउन शुरु गरे ।  लहान नगरपालिकाको वडा नं. ५ र २४ मा राहत वितरण गरेको चामल खाँदा झाडा पाखाला लागेको, चामल गन्हाउने, सडेको जस्ता भ्रमक कुराहरु पत्रपत्रिकामा प्रकाशित गराए । लहानदेखि देशकैे विभिन्न भागमा यस्तो चर्चा फैलाइयो । केहीलाई त राहतले अर्को ठूलो महामारी नै फैलाएको भ्रम भयो ।

यस्तो कुरा सुनेपछि राहत लिने परिवारहरु भने चकित भए, उनीहरु भन्छन्– “राहतले हामीलाई ठूलै राहत दिएको छ । हामी कसैलाई पनि यो खाद्यान्नले झाडा पखाला लागेको छैन, चामल पनि मीठो छ, राम्रो छ । थोरौ चामलले पनि भात धेरै हुने हुँदा हामीलाई त यसले सोचेभन्दा धेरै दिन पुग्ने भएको छ ।”

यस्तो संकटका वेलामा पनि मानवीय सहयोग र संवेदनामाथि किन खेलबाड गरिन्छ भन्ने प्रश्न अहिले सिराहमा चर्चाको विषय बनेको छ । गरीवलाई भजाएर आफू दुनो सोझ्याउने तथाकथित टाठावाठाहरुको यो हर्कत देखेर जनता भने आजित छन् । यहाँ पत्रपत्रिकामा प्रकासित सामग्रीले राहत वितवरणमा केही भ्रम त छरेको छ र तर यहाँ यस घटनाले पत्रपत्रिकाहरुले भएको कुरा लेख्छन् भन्ने भ्रम चाहिँ हटेको छ । स्थानीय विपन्नहरुको निचोड छ– पत्रपत्रिकाले पनि गरिव र निमुखाहरुको पेटमा लात मार्दो रहेछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑