सूचना-प्रविधि

भूमि सुधारमन्त्रीको जिल्लाका स्वास्थ्यकर्मीले तलब पाएनन, लगाए अस्पतालमा ताला

स्याङजा, ११ वैशाख । आठ महिनादेखिको तलब नपाएपछि स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको बेलामा पनि बिना तलब काम गर्नुपरेको भन्दै कर्मचारीहरूले नै अस्पतालको मूल गेटमा ताला लगाएका हुन् । यो स्वाङजा जिल्ला भूमि सुधार तथा सहकारीमन्त्री पदमा अर्यालको हो ।

अस्पतालमा कार्यरत डाक्टर तथा प्रबन्धकसहित १७ जना कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकालेर तालाबन्दी गरेका हुन् । गएको भदौ १ गतेदेखिको तलब बाँकी रहेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।

आफूहरुले कोरोनाको त्रासका बीच सेवा दिइरहँदा पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

गल्याङ नगर अस्पतालका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले तलब मिलानको काम भइरहेको बताए ।दैनिक नेपाल