• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सन् २०२० मा टेक्नोलोजी क्षेत्रका २० धनाढ्य

नेपाल पोस्ट दैनिक
    April 8, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं २६ चैत।अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२० का टेक्नोलोजी क्षेत्रका २० धनाढ्यको सूची सार्वजनिक गरेको छ ।

फोर्ब्सका अनुसार विश्वका २० धनाढ्यसँग कुल सम्पत्ति सात सय बिलियन रहेको छ, जुन गत वर्षको भन्दा कम हो ।

गत वर्ष विश्वका २० धनाढ्य मानिसको सम्पत्ति सात सय ५८ बिलियन अमेरिकी डलर रहेको थियो ।

यस्ता छन् २० धनाढ्य

जेफ बेजोस
यिनको साथमा एक सय १३ बिलियन अमेरिकी डलर रहेको छ । उनी अमेजन कम्पनीका मालिक हुन् ।

जेफ बेजोसको कुल सम्पत्ति गत वर्षको भन्दा कम देखिएको छ । कोरोना भाइरसको महामारीको क्रममा उनले १० करोड डलर दान गरेका छन् ।

त्यस्तै उनले डिभोर्सका क्रममा करिब ३६ बिलियन सम्पत्ति आफ्नी पूर्वश्रीमती मेकेन्जी बेजोसलाई दिएका थिए ।
बेजोसको सम्पत्तिबाट उनी विश्वकै धनाढ्य महिला बनेकी थिइन् ।

बिल गेट्स
माइक्रोसफ्टका मालिक बिल गेट्सको कुल सम्पत्ति ९८ बिलियन अमेरिकी डलर रहेको छ । गेट्सको सम्पत्ति गत वर्ष ९६.५ बिलियन डलर रहेको थियो ।

कोरोना भाइरसको महामारीमा १० करोड अमेरिकी डलर दान गर्ने घोषणा बिल गेट्सले गरेका छन् ।

ल्यारी एल्लिसन
सफ्टवेयर कम्पनीका मालिक अमेरिकी व्यवसायी ल्यारी एल्लिसन ५९ बिलियन अमेरिकी डलरसहित विश्वको तेस्रो धनाढ्यका रूपमा रहेका छन् ।

गत वर्ष ६२.५ बिलियन सम्पत्तिसहित एल्लिसन विश्वको सातौँ धनाढ्यका रूपमा रहेका थिए ।
कोरोना भाइरसको महामारीका वेला एल्लिसनको कम्पनीले अमेरिकी राष्ट्रपति कार्यालयसँग मिलेर डाटाबेसको सहकार्य गरिरहेको छ ।

मार्क जुकरबर्ग
फेसबुकका संस्थापक मार्क जुकरबर्क ५४ बिलियन अमेरिकी डलरसहित विश्वको चौथो धनाढ्यका रूपमा रहेका छन् ।

तीन अर्ब प्रयोगकर्ता रहेको फेसबुकले गत जुलाईमा ऐतिहासिक जरिवाना तिरेको थियो । प्रयोगकर्ताको सूचनामाथि खेलबाड गरेको आरोप फेसबुकले त्यसवेला स्वीकार गरेको थियो ।

फेसबुकले सबै कर्मचारीहरूलाई महामारीका क्रममा एक हजार डलर बोनस दिने घोषणा गरेको छ ।
फेसबुकको यस वर्ष गत वर्षभन्दा ७.६ बिलियन सम्पत्ति कम छ ।

स्टिभ बालमाेर
बालमोर विश्वको पाँचौँ धनाढ्यका रूपमा रहेका छन् । सन् २०१४ मा मात्रै उनी माइक्रोसफ्टको सिइओबाट हटेका थिए ।

गत वर्ष ४१ बिलियन सम्पत्ति रहेका बालमेारसँग अहिले ५२.७ बिलियन डलर रहेको छ ।

ल्यारी पेज
गुगलका संस्थापक ल्यारी पेज ५०.९ बिलियन अमेरिकी डलरसहित विश्वको छैटौँ नम्बरमा रहेका छन् । गत वर्षभन्दा १० करोड डलरले गुगलको सम्पत्ति बढेको छ ।

कोरोना भाइरसको महामारीको वेला एक परीक्षण वेबसाइट एवं विश्वव्यापी मोबिलिटी डाटा दिन गुगलले मद्दत गरिरहेको छ ।

सर्जे ब्रिन
गुगलकै अर्का संस्थापक सर्जे बिनको कुल सम्पत्ति ४९.१ बिलियन छ । पेज र ब्रिनले गत वर्ष गुगलको अभिभावक कम्पनी अल्फाबेटको अध्यक्षताबाट राजीनामा दिएका थिए ।

यिनको सम्पत्ति गत वर्षभन्दा ७० करोडले बढेको देखिएको छ ।

ज्याक मा
चीनका धनाढ्य एवं ई–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक मा ३८.८ बिलियन डलरसहित विश्वकै आठौँ धनाढ्यका रूपमा रहेका छन् ।

गत वर्षभन्दा ज्याक माको सम्पत्ति डेढ बिलियनले बढेको छ ।
कोरोना भाइरसको महामारीका क्रममा उनले विश्वका कैयौँ देशहरूमा थुप्रै मेडिकल सामग्रीहरू दान गरिरहेका छन् ।

मा हुएतेंग
चीनका इन्टरनेट व्यवसायी हुएतेंग ३८.१ बिलियन डलरसहित विश्वको नवाैँ धनाढ्यका रूपमा रहेका छन् ।
गत वर्ष यिनको सम्पत्ति ३८.८ बिलियन रहेको थियो ।

२० करोडभन्दा बढी रकम कोरोना भाइरसको महामारीका वेला यिनले सहयोग गरेका थिए ।

म्याकेन्जी बेजोस
विश्वकै धनाढ्य जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी बेजोस विश्वकै १०औँ धनाढ्यका रूपमा रहेकी छिन् । कुल सम्पत्ति ३६ बिलियन अमेरिकी डलर रहेको छ ।

बेजोसले डिभोर्सका क्रममा पनि ३६ बिलियन सम्पत्ति म्याकेन्जीलाई दिएका थिए । जुन अमेजनमा बेजोसको सेयरको एक चौथाइ थियो ।

माइकल डेल
विश्वकै ११औँ धनाढ्यका रूपमा रहेका छन् डेल कम्प्युटर कम्पनीका मालिक माइकल डेल । उनको कुल सम्पत्ति २२.९ बिलियन अमेरिकी डलर रहेको छ ।

पब्लिक मार्केटमा आएसँगै गत वर्ष २४ बिलियन सम्पत्ति रहेका उनको सम्पत्ति केही घटेको हो

कोरोना भाइरसको महामारीका क्रममा ४० लाख अमेरिकी डलर दान गर्ने घोषणा डेलले गरेका छन् ।

विलियम लि डिंग
चीनको अनलाई गेमिङ कम्पनीका मालिक विलियम १७ बिलियन अमेरिकी डलरसहित विश्वको १२औँ धनाढ्यका रूपमा रहेका छन् ।

कोलिन झेंग ह्वांग
चीनकै ई–कमर्स कम्पनी पिन्डुओडोका मालिक कोलिन १६.५ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वको १३औँ धनाढ्यका रूपमा रहेका छन् ।

यिनको सम्पत्ति सन् २०१९ भन्दा ३ बिलियनले बढेको छ ।

लरेन पावल जब्स
अमेरिकी कम्पनी इमर्सन कलेक्टिभ्सकी अध्यक्ष लरेन पावल १६.४ बिलियन अमेरिकी डलरसहित विश्वकै १४औँ धनाढ्यमा छिन् ।

लरेनका श्रीमान् एवं एप्पलका संस्थापक स्टिब जब्सको निधन सन् २०११ मा भएको थियो ।

झांग यिमिङ
चीनको सफ्टवेयर कम्पनीका मालिक यिमिङ १६.२ बिलियन अमेरिकी डलरसहित विश्वको १५औँ धनाढ्यका रूपम रहेका छन् ।

एरिक स्मिट
१८ वर्षदेखि गुगलको निर्देशक रहेका स्मिटले गत वर्ष गुगल छोडेका थिए । उनी २००१ देखि २०११ सम्म गुगलको सिइओसमेत रहेका थिए ।

१३.२ बिलियन सम्पत्तिसहित स्मिट विश्वको १६औँ धनाढ्यका रूपमा रहेका छन् ।

डाइटमर हप
जर्मनीमा सफ्टवेयर कम्पनीका मालिक हप १३ बिलियन सम्पत्तिसहित विश्वकै १७औँ धनढ्यका रूपमा रहेका छन् ।

यिनले औषधि उत्पादन एवं ठूला सफ्टवेयर कम्पनीमा सेयर लगानी गरेका छन् ।

जांग जिदंग
चीनका इन्टरनेट एवं टेक कम्पनीका मालिक जिदंग १३ बिलियन डलरसहित विश्वकै १८औँ धनाढ्यका रूपमा रहेका छन् ।

हेसो प्लेटनर
जर्मनीका सफ्टवेयर कम्पनीका मालिक प्लेटनर १२.४ बिलियन डलरसहित विश्वको १९औँ धनाढ्यका रूपमा रहेका छन् ।

डाइटमर हप र प्लेटनर एउटै कम्पनी (एसएपी)का संस्थापक हुन् ।

शिव नादर
भारतका टेक एवं आइटी उद्योगी शिव विश्वको २०औँ धनाढ्य व्यक्तिका रूपमा रहेका छन् । यिनले सन् १९७० मा एचसिएल कम्पनीको स्थापना गरेका थिए ।

यिनको कम्पनीमा विश्वभर एक लाख ३७ हजारभन्दा बढी कर्मचारी रहेका छन् । गत वर्षभन्दा शिवको सम्पति २.७ बिलियन डलरले खस्केको छ ।साभारःनयाँ पत्रिका

#टेक्नोलोजी # धनाढ्य

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज समाजिक न्याय दिवस
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑