सबैको भलो गरौं मंगल गरौं आउनुस
राम्रा बिषयमा छलफल गरौं आउनुस
सबै मिलेर थुके समुन्द्र बन्न सक्छ
होस्ठेमा हैंसे थोरै बल गरौं आउनुस !
यदि सांच्चिकै पुण्य कमाउनु छ भने
दिनदुखिको घाउ सितल गरौ आउनुस !
सबैलाइ एक न एकदिन मर्नु त छदैछ
बाचुन्जेल केही कर्म असल गरौ आउनुस !!
