• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बर्षाको कहर : अहिले सम्म उपत्यकामा ३ सहित २१ जनाको मृत्यु, १० जना वेपत्ता

नेपाल पोस्ट दैनिक
    July 13, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं, २८ असार । विहीबारदेखि निरन्तर भइरहेको बर्षाले निम्त्याएको विपदमा परी उपत्यकामा तीनसहित देशभर २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १० जना वेपत्ता भएका छन् । दर्जनौं घाइतेको उद्दार गरिएको छ ।

मौसम सक्रिय रहेका कारणले शनिबार पनि विभिन्न ठाउँमा बर्षा हुनसक्ने तथा हावाहुरी चल्न सक्ने पनि बताइएको छ । सबैलाई सतर्क हुन मौसन पूर्वानुमान शाखाले सचेत गराएको छ । यो शनिबार र आइतबार पनि जारी रहनसक्ने उसले जनाएको छ ।

बाढी पहिरोका कारण करिब १२ सय मानिसहरू विस्थापित भएका छन् । उद्धार र विपद् प्रतिकार्यको काम तीव्र बनाइएको सरकारी अधिकारीले बताएका छन् ।

दुई दिनयता देशका अधिकांश भेगमा परिरहेको वर्षाका कारण थुप्रै स्थानमा बाढी र पहिरोको जोखिम देखिएपछि खासगरी तराईका सबैजसो जिल्लालाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन् ।

मोरङका विभिन्न ठाउँका झण्डै चार सय घरधुरीका एक हजार मानिसहरूलाई अन्यत्र सारिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधी खनालले बीबीसीलाई बताए ।

बिहीवार मुख्य रूपमा प्रदेश नम्बर १, २ र ३ का सबै चुरे क्षेत्रका खोलाहरूमा सचेत गराइएकोमा शुक्रवारबाट ठूला नदीहरूमा समेत खतराको अवस्थामा पानीको तह पुगेको बताइएको छ ।

रौतहटको लालबकैयामा बाँध कटाएर बाढीभित्र छिरेको अधिकारीहरूले बताएका छन् । यसअघि नै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ, मावा रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरिया खोला, खाडो, माहुली, रातो, हर्दी, लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको थियो ।

ती नदीमा जलस्तर बढ्नेगरी पानी पर्ने देखिएकोले ती आसपासका स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरिएको उक्त सूचनामा भनिएको छ ।

वाग्मतीको बहावक्षेत्र अन्तर्गत रौतहट र सर्लाही जिल्लामा नदी सतह खतराको तहमा रहेको, कमला र कन्काई नदीमा बहाव सतर्कता तह नजिक पुगेको र कोशीमा त्यो सतर्क हुनुपर्ने तह नजिक देखिएको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ ।

बिहीवार नै तिनाउ नदीमा समेत पानीको सतह खतराको अवस्थामा पुगेपछि तल्ला भेगमा अर्को दिनसम्म सतर्क रहन भनिएको थियो ।

शुक्रवार बिहान जारी सूचनामा विपी राजमार्ग अन्तर्गत विभिन्न दुई ठाउँमा पहिरो आएपछि सडक अवरूद्ध रहेको बताइएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत समेत बुटवल पाल्पा सडक खण्डमा सडक अवरूद्ध छ ।

लमजुङ मनाङ र भोजपुर धरान सडकखण्ड समेत अवरूद्ध छन् । मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोला नजिकै लेदोले सडक पुरिएपछि सडक अवरुद्ध भएको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले जनाएको छ ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रवार बिहानदेखि हेटौँडा कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

राससका अनुसार त्रिभुवन राजपथको बागझोरामा बिहान आएको बाढीले हेटौँडा काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ ।

शुक्रवार बिहान काठमाण्डू विमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको विमान चिप्लिएपछि अवतरणका क्रममा रहेका थुप्रै विमानलाई अन्यत्र पठाइएको थियो । तराईका केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

शनिवारसम्म मनसुनको न्यूनचापिय रेखा पूर्व र मध्य नेपालमा देखिएकोले पर्सिसम्म निरन्तर पानी पर्ने मौसमी अवस्था देखिएको मौसमविद्हरूले जनाएका छन् ।

त्यसरी सिर्जना भएको अवस्थाका कारण पानी र कतिपय अवस्थामा हावाहुरी समेत आउने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा शुक्रवार विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको छ । दैनिक नेपालबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑