Breaking News · प्रदेश २

बर्षाले सडक जामबारे प्रादेशिक ट्राफिक प्रहरीको फोन नम्बंर सर्वजनिक

आरोहण शाह पर्सा २८ आषाढ ः चार दिनदेखि भएको अविरल वर्षाका कारण प्रदेश नंः २ अन्तरगत पूर्वपश्चिम राजमार्ग तथा अन्य सडक जाम खुलाउने ट्राफिक परिचाल गरेको छ ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । हरेक तीन किलोमिटर सडकमा ट्राफिक परिचाल गरेको छ ।

रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भऐको ले सहायता केन्द्र सुचारु गरेको छ र सडक जाम बारे फोन नंः पनि सबजनिक गरेको छ ९८५५०९०१२२ र ९८५५०९०२८० प्रादेशिक ट्राफिक प्रहरी कार्यालय ,पथलैया बाराले जनाऐको छ ।

पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन् । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन ।

केही सवारी साधन बाढीमा पसेको बाट निकालिऐको ट्राफिक प्रहरीले जानऐको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।