लहान/सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चहोर्वा बाट दुई जना युवालाई प्रतिबन्ध लागु औषध( ब्राउन सुगर ) सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुटै जना सिरहाको गोलाकार नगरपालिका ७ का २४ वर्षीय कृष्ण यादव र गोलबजार नगरपालिका वडा नम्वर ४ को २४ वर्षीय प्रबेश महतो रहेका छन्।

ईलाका प्रहरी कार्यालय गोलाकार बाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा सोमबार १:४५ बजेको समयमा प्रतिबन्ध (ब्राउन सुगर) सहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरिएका छन ।
आफ्नै घरको कोठामा बिक्री बितरणको लागि लुकाइ छिपाई जस्तो देखिने प्लाष्टिकको पोकामा तयार पारिएको सानो सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ ग्राम ब्राउन सुगर मोवाईल ७ थान नगद १५ हजार १ सय ७ रुपैयाँ सहित दुई जना युवा लाई प्रहरीले ब्रउन सुगर सहित प्रहरीले पक्राउ गरिएको हो
पक्राउ परेका दुईटै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईराखेको यसबारेमा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदिले बताए
