• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खुशीको खबर : विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघ्यो, कार्यकारी निर्देशक घिसिङ

नेपाल पोस्ट दैनिक
    February 16, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत जानकारी दिए । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको उनले बताए ।

विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरणको सुदृढीकरणमा केन्द्रीत भएको छ ।’ घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा घटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो । घिसिङले सफलताका लागि सधैँ संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको जिकिर गर्दै विद्यार्थीलाई इमान्दारीता र मेहनत जारी राख्न उत्प्रेरित गरे । सोही कार्यक्रममार्फत घिसिङले युवाले विदेशमा दुःख गरेर पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताए । कार्यक्रममा विद्यार्थीले रेमिट्यान्सको सदुपयोग गर्ने चेतनामुलक बाल–नाटक, वक्तित्वकला तथा विविध प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल एक करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर रु पाँच अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झ¥यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने रु ९३ करोड मै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर रु ९३ करोड ३२ लाख ८६ हजार ५५ मा खरिदबिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७।११ विन्दुले बढेर आज एक हजार ३४१।३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा प¥यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए । यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल दुई करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑