गौशाला/महाेत्तरी जिल्ला गाैशाला नगरपालिका वडा . ५ मा रहेकाे गाैशाला वजारका व्यापारिहरुले गाैशाला उधाेग वाणिज्य संघकाे नियम कानुनकाे शनिवार धज्जिया उडाउँदै वजार खुल्ला गरेकाे छ ।वर्षाै वर्ष देखि वजार महीना काे दुई दिन बन्द हुँदै आईरहेकाेमा राम राजा प्रसाद साहकाे नेतृत्यमा नयाँ कार्य समिति बने पछि महीनाकाे पहिलाे शनिवार वजार बन्द मात्र गर्ने निर्णय गरेकाे थियाे र त्यहि निर्णय अनुसार वजार बन्द हुँदै अाईरहेकाे थियाे तर शनिवार एकासी उ. वा. सं लाई वास्ता नगरी वजार खुल्ला गरेकाेमा उधाेग वाणिज्य संघकाे प्रतिनिधिहरुमा हलचल मच्चिएका छन ।व्यापारिहरुकाे हक हितकाे लागि बनेकाे संस्थालाई वाई पास गरेर व्यापारिहरुले याे कदम चालेकाे प्रति उधाेय वाणिज्य संघका सचिव रमेश कुमार यादव रुष्ट व्यक्त गरेका छन ।दुई सय पचास व्यापारिहरु हस्ताक्षर गरेर दिएकाे कारण नै वजार बन्द गर्ने निर्णय गरेकाे थियाे यदि व्यापारिहरुलाई याे व्यवस्था नचाहिएकाेले वजार बन्द नहुने यादव ले बताए ।
दुर्गा मन्दिरकाे अगल वगलमा रहेकाे कपडा व्यापारिहरुले पसल खुल्ला गरे पछि अन्य व्यापारिहरुले आ आफ्नाे पसल खाेलिएकाे थियाे । जनचेतना भए पनि जिवनमा रुपैया पैसाकाे ठुलाे महत्व दिएकाेले वजार खुल्ला गरेकाे बुझिएछ । वजारमा विभिन्न व्यापारिहरुले आ आफ्नाे धारणा राखेका छन जस अनुसार जसले आफ्नाे घरमा पसल गरेकाे छ उहाँहरु बाट पहिलाे उल्धन् गरेर गाैशालिया र वहिरिया संकेत गरेकाे छन किन भने हामिहरु गाउँ बाट व्यापार गर्न आएकाेले बन्दकाे दिन समय मिलाएर बाहिर गईरहेकाे हुन्छाै तर उहाँहरु लाेकल भएकाेले हामिहरु बन्द गरेकाे माैका छाेपि त्यसकाे फाईदा उनिहरुले उठाईकाे छ ।याे सबै गाैशाला उधाेग वाणिज्य संघकाे कमि कमजाेरिकाे भएकाेअाराेप लगाए ।पसल खुल्ला गरेकाेहरुलाई कार्वई भएन भने उधाेग वाणिज्य संघकाे धज्जिया उडेकाे दुर्गा वैट्रिक तथा गणेश चावल भण्डारका संचालक विशाल कुमार यादव र गणेश कुमार यादवले बताए ।
नियम कानुन सबकाे लागि बरावर भए पनि वजारमा रहेकाे कति ठुल ठुला पसलहरुले आ आफ्नाे समान बिक्रि वितरण गर्दै अाईरहेकाेमा कसैकाे आखाँ नगएकाे तर क्रिया क्रमकाे लागि अाएकाेले उहाँलाई मात्र पसल खाेलेर कफनकाे कपडा दिएकाे विशाल बस्त्रलायका संचालक विनय चाैधरीले जनाए।कपडा व्यापारिकाे हिसावले नभई मानवकाे हिसावले शनिवार बन्द भए पनि दिएकाे चाैधरीले स्वीकार गरे।तर म भन्दा पहिला कुशवाहा बस्त्रलाय,नारायण बस्त्रलाय पसल खुल्ला भएकाे थियाे यति मात्र हाेईन गाैशाला वजारमा रहेकाे हार्डवेयर पसलहरु सबै दिन खुल्दै आईरहेकाेले उ. वा. संघले केही पनि गर्न नसकाेमा उनिहरुले गुनासाे गरेका छन । अता एक दुई महीना पहिला बन्द भएकाे समयमा कपडा बिक्रि वितरण गरिरहेकाे समयमा व्यापार संघले रगेंहाथ पक्राउ गरे पनि व्यापार संघले कुनै कार्वाहि गर्न नसकाेमा कपडा व्यापारिहरु चिन्ता व्यक्त गरे।