प्रदेश २ · मुख्य समाचार · समाचार

डा. माथि कुट पिट घटनाकाे तिन दिन हुदा पनि सम्बिन्धत निकाय माेन : लहान अस्पताल

प्रदिप सिंह लहान / घटनाको तीन दिन वित्ति सकदा पनि दोशी माथि कारबाही नहुदाँ लहान अस्पतालका सम्पूर्ण कर्मचारी त्रसीत बनेका छन् । ०७६-१०-२६ गते बसेको बैठकको निर्णय अनुसार प्रशसनले सबै सम्बधिन निकायमा यही सनिवार भएको घटनाको सि.सि. टि.भि फोटा समेत रहेको र लहान अस्पताल पत्रचार गरे पनि सत्य तथ्य छानविन नगरी दोसी माथि कारवाही नभएको प्रति लहान अस्पताल र नेपाल चिकित्सक संघ सिरहा शाखाले घोर आप्पति जनाएको छ । अस्पताल प्रशासनले चिकित्सक माथि दुरव्यवहार भएको घटना सम्बन्धमा इलाका प्रशासन कार्यालय लहानको प्रमुख कमलराज भण्डारीको अध्यक्षतामा भएको बैठकमा घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्ने गरी बन्द गरिएका सेवा सुचारु भएको हुदाँ सो निर्णय प्रतिलिपी र सि.सि. ठि.भि. फोटो समेत पठाइ सकेको छ ।सम्बन्धित निकाय मैन रहदा कारवाही अगाडी नबढेको अवस्थामा हाम्रो मनोबल कमजोर हुने हुदा सेवा पुनः प्रभावित हुन सक्ने भएकोले यथासिघ्र आवश्यक कारवाही गरी काम गर्ने वातावरण सिजर्ना गरिदिन हुन लहान अस्पताल र नेपाल चिकित्सक संघ सिरहा शाखाले माङ्ग गरेका छन । यस्तो किसिमको घटना पुनः दोहोरिन नदिनका लागि सम्बन्धित सरोकारवालाहरु संग माग गरेका छन । समयमै राम्रो सेवा दिने वातावरण न बनाइदिए पछि पुनः हामीहरु आर्को बैठक बसी आनदोलनको गर्ने कार्यक्रम निर्णय गर्ने अस्पताल श्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।