• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, जनप्रतिनिधि र कर्मचारी भागमभाग

नेपाल पोस्ट दैनिक
    July 2, 2019  मा प्रकाशित

Spread the love
      

मनोज बनैता, मल्हनिया : सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ ।

विकास निर्माण लगायतका काममा ब्रहमलुट भएको भन्दै स्थानीयले बारम्बार उजुरी दिएपछि अख्तियारको टोली आएर चापा मारेको हो ।

अख्तियार का कार्यालयबाट खटिएका ७ सदस्यीय टोलीले लागातार दुई दिन छापा मारेका हुन । स्थानीयको अनुसार अख्तियारको टोली गाउँपालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरू भागाभाग भएका थिए ।

अख्तियार आयोग ईटहरीका प्रवक्ता महेश आचार्यको अनुसार गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लिएका छन ।

गाउँपालिकाले आव २०७४/०७५ का विभिन्न योजना कामै नगरी सम्पन्न भएको कागज पेस गरेपछि महालेखा परीक्षकको कार्यालयलेसमेत तीन करोड ८२ लाख ८१ हजार बेरुजु ठहर गरेको छ । कामै नगरी खुल्लम् खुला भ्रष्टाचार गरेको भन्दै तत्कालीन नेकपाका नेता अशोककुमार यादवले अनुगमन र छानबिन गर्न आयोगलाई आग्रह गरेका थिए ।

आयोगलाइ भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि गम्भीरताका साथ लिएको र महत्वपूर्ण कागजात छानबिनका लागि लिएर आएकोआयोगको इटहरी कार्यालयका प्रवक्ता महेश आचार्यले बताएका छ्न । गत आवमा वडा नं ३ स्थित जनता राप्रावि मौवाहा टिकुलियामा बाउन्ड्री वालका लागि पाँच लाख खर्च देखाइएको छ । तर वाउण्ड्री वाल नलागेको सोही वडाका शुभकलाल यादवले बताएका छ्न ।

त्यसैगरी, गाउँसभाबाट पारितै नभएका दुई करोड ३१ लाखभन्दा बढी रकम विभिन्न योजनामा खर्च गरिएको र वडामा नभएका कामको नक्कली कागजात पेश गरी खर्च देखाएको १ नं वडाका अध्यक्ष वैद्यनाथ यादवले बताएका छ्न । टिप्पणी स्वीकृत गर्ने देखि बोलपत्र स्वीकृत गर्नेलगायतका सबै कार्य अध्यक्षबाटै हुने गरेको र सामाजिक सुरक्षाभत्ता पाउनेको पनि वडागत अभिलेख नराखिएको पाइएको छ। योजनाको अनुगमन प्रतिवेदनमा संयोजकको उपस्थिति नरहेकोले गाउँपालिकाबाट सञ्चालित योजना कार्यान्वयन नभएको महालेखा परीक्षक सुवर्णप्रसाद ढकालले बताएका छ्न ।

यसैगरी सवारी खरिदमा पनि अनियमितता भएको हुनसक्ने अख्तियारले आशंका गरेको छ । सवारी साधन खरिद गरेको वर्षदिन नाघे पनि गाउँपालिकाको नाममा नामसारी भएको छैन । उक्त गाउँ पालिका पटक–पटक विवादमा तानिँदै आएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑