प्रदेश २ · मुख्य समाचार

हामी छोरीका बारेमा सोचिरहेका छौं : मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं २४ माघ । प्रदेश २ का मुख्यमन्त्री डा. लालबाबु राउतले लैंगिक असमानतालाई सम्बोधन गर्ने सन्दर्भमा विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले आफ्नो कार्यकालमा ‘केटीले केटाको मुखमा एसिड खन्याउने’ बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुख्यमन्त्री राउत मैथलीमा भन्छन्, ‘…हामी छोरीका बारेमा सोचिरहेका छौं । छोरीलाई यति प्रतिस्पर्धी, सक्षम र लडाकु बनाउने सोच कि मेरो कार्यकालमा केटाले केटीलाई होइन, केटीले केटाको मुखमा एसिड खन्याउने छन् ।’

केही महिलावादी अगूवाहरुसितको भेटमा मुख्यमन्त्री राउतले यस्तो अभिव्यक्ति दिएका हुन् । उनको अभिव्यक्तिले महिला सशक्तिकरणभन्दा महिलालाई अपराधमा लाग्न प्रेरित गरेको भन्दै आलोचना भएको छ । अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।