प्रदेश २ · मुख्य समाचार

बेटी बचाउँ बेटी पढाउँ अन्तर्गत छोरी शिक्षा बिमा मुद्घती बचत शिविर कार्यक्रम सम्पन्न

आरोहन साह बारा २० माघ । बाराको बिश्रामपुर गाउँपालिकामा प्रदेश नं २ का मुख्यमन्त्री अभियान बेटी बचाउँ बेटी पढाउँ अन्र्तरगत छोरी शिक्षा बिमा मुद्घती बचत शिविर कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अथिति बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्र मणि पोखरेले कार्यक्रमको उद्घघाटन गर्दौ गाउँपालिका क्षेत्र भित्र रहेका कुनै बेटी बन्चित रहनु हुदैन वा कुनै समस्याका कारण शिविरमा आउन नसकेका छारीहरुलाई घरमा बिमा गर्नु पर्छ भने धरण राख्नु भयो ।

गाउँपालिका अध्यक्ष अमिरीलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका बिष्टि अथिति बारा प्रहरी उपरिक्षक बिकास राज खनाल , मुख्यमंत्री कार्यलयका प्रतिनिधि निभा सिहं , दिपकलाल पाल, शिक्ष शाखाका रामनारयण पाल, सबै वडका वडा अध्यक्षहरु वडा सचिवहरुको उपस्थिति रहेको थियो ।

केही छोरीहरुको बिमाको लागि आवश्यक कागजात नहुनसकेकोले शिविर स्थलमै त्यो कागजात बनाउँने समाग्री पनि राखिएको थिायो ।

१४२ छोरीहरुको बिमा गरिएको गाउँपालिका अध्यक्ष अमिरिलाल पालले जनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।