• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यस्ता छन् जाजरकोट देखि जुम्लासंग जोडने सडक !

नेपाल पोस्ट दैनिक
    February 2, 2020  मा प्रकाशित

Spread the love
      

जाजरकोट १९ माघ । जाजरकोटलाई जुम्लासँग जोड्ने तीनवटा सडकको निर्माण कार्य अलपत्र परेको छ। निर्माण थालिएको १२ वर्ष बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कार्य आधा पनि पूरा हुन सकेको छैन। पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेको हो।

खलंगा-पाँचकाटिया-पैंक-ब्याउलीढुंगा-जुम्ला सडक निर्माण थालेको १२ वर्ष बित्यो। ८० किलोमिटरको जाजरकोट-जुम्ला जोड्ने यो रणनीतिक महत्वको सडक ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । यो सडकमा हालसम्म २५ करोड रुयैयाँ खर्च भएको छ। यस्तै ९० किलोमिटर लामो जाजरकोट-छेडा-चाँदे-जुम्ला जोड्ने सडकको ३५ किलोमिटर मात्र निर्माण भएको छ । यो सडकमा हालसम्म ३० करोड खर्च भइसकेको छ।

यति धेरै रकम खर्च हुँदा पनि बनेको सडकमा गाडी गुड्नसक्ने अवस्था छैन। त्यस्तै एकसय ४० किलोमिटर लामो जाजरकोट-बारेकोट-चाखुरे-जुम्ला सडकको काम पनि ३० किलोमिटर मात्र ट्र्याक खुलेको छ । २० करोड रुपैयाँ खर्च भइसकेको सो सडकको निर्माण कार्य हाल ठप्प छ । जाजरकोट-जुम्ला जोड्ने तीनवटा रणनीतिक सडकको निर्माण सुस्त छ ।

उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन्। बजेट अभाव र सम्बन्धित निकायको लापरबाहीले सडक निर्माणमा ढिलो भएको हो । सडक निर्माणपछि जुम्ला र जाजजरकोटको व्यापारिक सम्बन्ध पनि बढ्नेछ। साथै हाल २३२ किलोमिटर रहेको सुर्खेत जुम्ला सडकको यात्रा पनि जाजरकोटबाट हुँदा छोटिने छ।

हालको कर्णा राजमार्गबाट भन्दा जुम्लादेखि सुर्खेत तथा नेपालगन्ज पुग्न जाजरकोटदेखिको दूरी छोटो हुनेछ। जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकारमातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुषालले बताए । संघीय सरकारले निर्माण गरिरहेका यी सडकको बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा रणनीतिक सडकको बजेट हालसम्म प्राप्त नभएको उनले जानकारी दिए । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो । संघीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिएको छ। कुनै सडकमा मनोमानीे सर्भे तथा रेखांकन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली-वाल, ढल निकास र ग्राभेललगायतका काम नहुँदा वर्षौंदेखि निर्माणधीन सडकमा घाँस उम्रिसकेको छ।

ट्र्याक खोल्ने कार्य नै अलपत्र हुँदा वर्षौंदेखि मोटरबाटो चढ्ने सपना बुनेका स्थानीय चिन्तित भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। जुम्ला जोड्ने तीनवटै रणनीतिक सडकको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले बताए । अन्नपुर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • आर्थिक गणना २०८२ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑