• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यी उपाय अपनाउदा भाग्य चम्किन्छ

नेपाल पोस्ट दैनिक
    January 25, 2020  मा प्रकाशित

Spread the love
      

अधिकाशं जसो नेपालीले मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ ।

त्यसैले घर बनाउँदा यी कुरालाई ध्यान दिनु भयो भने तपाईंको भाग्य चम्कने छ । तपाईंको घरमा लक्ष्मी बास हुनेछ र तपाईं धनवान बन्नुहुनेछ ।

निकै राम्रो र आकर्षक रुपमा निकै लगानी र मेहनत गरेर घर बनाए पनि त्यसले मनमा शान्ति नदिने, परिवारमा कलह उत्पन्न हुने, रोग व्याधले सताउने समस्या देखा पर्न सक्छ त्यसैले घर बनाउँदा तपाइले वास्तु शास्त्रको भनाइलाई अवलम्बन गर्नु भयो भने यसले तपाइँलाई सुख, शान्ति दिन्छ ।

१. पर्खाल र घरको उचाई:

यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केहि अग्लो र मोटो हुनुपर्छ । सडकको सहतभन्दा घर केहि फुटको उचाईमा हुनुपर्छ । त्यसैले घर बनाउदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने संभावना हुन्छ ।

२. दक्षिण पश्चिम दिशामा अग्ला रुख :

यदि घर बनाउदै हुनुहुन्छ भने घर निर्माण भएको स्थानमा अनुकुलता अनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउछ र रुखको शितलताले घरपरीवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुदाँ खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउछ । साथै दुर्भाग्य हटाई परिवारमा संकट आउन दिदैन ।

३. घरको मध्य भाग खालि हुनुपर्छ :

यदि घर बनाउदै हुनुहुन्छ भने घरको मध्य भाग खालि हुने गरी बनाउनु पर्छ । यदि किनीएको घर हो भने घरको बीच खालि राख्ने प्रयाश गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहुदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ ।

४. पश्चिम दिशामा भण्डार कक्ष :

घरको भण्डार वा सामाग्रि राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परीवारमा समृद्धि बढाउछ । भण्डार कोठामा पकाइएका खानेकुराहरु धेरै दिन राख्नु हुदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याक्नु पर्दछ ।

५. ढोका र झ्यालको नियमित सफाई :

घरका सबै ढोका तथा झयालहरुको नियमति सफाई हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्धारमा सदैव फोहोर थुर्पानु हुदैन । घरका ढोका र झ्यालबाट लक्ष्मिको प्रवेश हुने भएकाले ति स्थानहरु सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर, माकुराको जालो तथा जुठो भएमा त्यसले संचित धनमा समेत हानि गर्दछ ।

६. प्रवेशद्धारको सजावट :

घर भित्र प्रवेश गर्ने मुख्य द्धार वा ढोका सुख: समृद्धि र सम्पन्नता भित्र्याउने मार्ग हो । त्यसैले यसलाई आर्कषक बनाउन र सजाउनु पर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्जालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनी उत्तम हुन्छ ।

७. पक्षिंमैत्री घर हुनुपर्छ :

यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको छत वा छानामा चराचुरुङ्गीका लागि पानि खाने सानो डुड र चारो दिने स्थान बनाउनु लाभदायक हुन्छ । घरको आगन वा छानामा बनाइएका चरामैत्रि डुड वा चारो दिने स्थान भएका घरमा धनको अभाव हुदैन । पक्षिंप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्ति समेत गराउछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑