स्वास्थ्य-जीवनशैली

दाँतले नङ टोक्दा एक दिन हातको औंला गुमाउनुपर्छ

नङ टोक्दा औंला नै गुमाउनु पर्छ, मानिसहरुलाई यो थाहा छैन । तर यो साँचो हो नङ टोक्दा हुने इन्फेक्सनले मान्छेको औंला नै काट्नु पर्ने अवस्था सिर्जना हुन्छ।

मानिसहरुको नङ टोक्ने बानी हुन्छ। विश्वभरी नै नङ टोक्ने मानिसहरु भेटिन्छन् ।

यही नङ टोक्ने बानीले स्कटल्यान्डकी एक महिलाले झन्डै आफ्नो औंला गुमाउनु पर्यो। करेन पिटले आफ्नी साथीको औंलाको फोटो सेयर गर्दै नङ नटोक्न सुझाव दिएकी छिन्।

उनका अनुसार उनकी साथीले नङ टोक्थिन्। उनले दाँतलाई नैनीको रुपमा प्रयोग गर्ने करेन पिट बताउँछिन्।

तर नङ टोक्दा एक औंलामा इन्फेक्सन भयो। इन्फेक्सन औंला भरी फैलिएपछि झन्डै औंला काट्ने अवस्था आएको थियो।

पिट आफ्नो साथीको उदाहरण दिँदै भन्छिन्,‘यदी अस्पताल चाँडै नगएको भए उनको त्यो इन्फेक्सन हात भर फैलने थियो। त्यसैले नङ नटोक्नुहोस्।’

त्यहाँका डाक्टरहरुका अनुसार उनले नङ टोक्दा दाँतले औंलामा सानो घाउ भयो र मुखमा हुने थुकको भाइरस हातमा सर्यो। पछि त्यसले विकराल रुप लिँदै गएपछि झन्डै औंला नै काट्नु पर्यो। यद्यपी औंला भने काट्नु परेन।

हाभार्ड हेल्थका चिकित्सकहरुले नङ नटोक्न र नङ नैनीले काट्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।