शम्भु चौधरी लहान १४ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका १ बाखरमा रहेको श्री राम जानकी मन्दिरमा राम सिताको प्रतिताका रुपमा बिबाह पञ्चमी महोत्सव मनाउने भएका छन् ।
बाखरमा रहेको नयाँ राम जानकी मन्दिरबाट बाजा गाजा र रमायणका बिभिन्न पात्रका प्रतिक बनि जयन्ति बाखरकै पुरानो राम जानकी मन्दिरमा गई बिबाह पञ्चमी महोत्सव पौराणिक विधि अनुसार मनाउने नयाँ राम जानकी मन्दिरका महन्थ काशी दास वैष्णवले बताएका छन् ।
बैबाहिक कार्यक्रममा हुने सम्पुर्ण विधि विधान अनुसार भजन किर्तन, शनिवार मटकोर कार्यक्रम, राम लिला प्रर्दशन, शिव धनुष तोड्ने र आइतवार राति स्वयमवर सहित मर्यादा पुरुष श्रीराम र जगत जननी माता सिताको शुभ बिबाह गरी बिबाह पञ्चमी मनाउने योजना रहेको छ ।