शम्भु चौधरी, लहान ३ मंसिर । प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ को फाइनल खेल बिहिबार सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेल बिरेन्द्रबजार एफ सि ले रावविराज एफ सि लाई ३ – १ गोल अन्तरले पराजित गर्दै कब्जा गरेका छन । खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
खेलकुद, स्वास्थ्य र एकता हाम्रो अभियान भन्ने मुल नाराका साथ संचालित खेलले स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने, युवाहरूको खेल प्रतिभा उजागर गर्ने तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
प्रथम स्थान हासिल गरेका बिरेन्द्रबजारले नगद रु ३५ हजार ५५ कप मेडल तथा प्रमाण् पत्र पाएको छ भने दोस्रो स्थान हासिल गरेका राजविराजले नगद रु २१ हजार ५५ कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । प्रथम हुने टिमलाई नगर प्रमुख जयप्रकाश चौधरीले कप तथा मेडल प्रदान गरिएको थियो भने दास्रो हुने टिमलाई नगर उपप्रमुख रिता चौधरीले कप तथा मेडल प्रदान गरिएको थियो ।
फाइनल खेल हेर्न खेल मैदानमा खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए । प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्नुका साथै आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
स्वास्थ्यका लागी खेलक्द, राष्ट्रियका लागी खेलकुद नारा सहित प्रतियोगितामा जम्मा ८ वटा टिम सहभागि भएको थियो । स्थानीय स्तरमा यस्ता खेलकुद प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।
करमनेश्वर युवा कलब खडक न पा ४ सप्तरीको आयोजनामा संचालित खेल प्रतियोगिताको नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा तथा क्लबका अध्यक्ष सुरेन्द्र प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

